धान सप्रियोस् भनेर थारु समुदायमा ‘हरेरी पूजा’ « Khabarhub

धान सप्रियोस् भनेर थारु समुदायमा ‘हरेरी पूजा’


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

टीकापुर– थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनेर ‘हरेरी पूजा’ गर्नमा व्यस्त छन् । खेतमा रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष यो पूजा गर्ने परम्परागत रहिआएको छ ।

अहिले अधिकांस थारुबस्तीमा हरेरी पूजा गर्न थालिएको छ । पूजामा थारु किसानले गाउँको साझा देउता ‘भुइया भवानी’ को पूजा गर्ने गर्छन् । हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरुपमा गर्ने गरिन्छ ।

विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेकोे टीकापुरको नुक्लीपुरका बर्का गुरुवा फुलराम थारुले बताए । धानमा लाग्ने गुभिया, गाँधी, फट्याङ्ग्रालगायतका सत्रु किरा धपाउनका लागि हरेरी पूजा गर्ने गरेको उनको भनाइ छ ।

प्रत्येक गाउँमा आफ्नै अनुकूलमा हरेरी पूजा गर्ने गरेको किसान बताउँछन् । ‘हरेरी पूजामा सात मुखे दियालोमा बत्ती बालेर मुरहा, सुच्चा, पाँच पाण्डव, जोगेठ्वा, रक्सा, कालिका, पूर्वेनी भवानी, बघेस्री, राज रजवार र जम्जुट्वा गरी १० देउताको पूजा गरिन्छ’, किसान राधा चौधरीले भनिन्, ‘पूजा गरेपछि खेती सप्रन्छ भन्ने विश्वास छ ।’

कुनैकुनै गाउँमा थारु किसान रातभरि जाग्राम बसेर गीत गाउने तथा नाचगान पनि गर्छन् । यो पूजा नभएसम्म थारु गाउँमा मादल बजाउन नपाइने नाचगान नपाइने प्रचलनसमेत रहेको टीकापुर वनगाउँका तेजबहादुर चौधरीले बताए ।

यसरी दिउँसो सुरु गरेको पूजा रातभर थारु समुदायका प्रत्येक घरका किसानले भल्मन्सा अथवा बड्घरको घरमा दियो बालेर जाग्राम बस्छन् । दूध सङ्कलन गर्ने र विशेष पूजा गरी खिर भन (खेतको मुहानमा हालिने विषादी) बनाई नुहाएर खेतभरिको पानी हाल्ने गरामा छर्किन्छन् । यसरी पूजा गर्दा धान बालीमा किरा नलाग्ने विश्वास छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ०६ बजे

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,