विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


८ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ  परेका छन् । कैलालीको गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ  बस्ने २० वर्षीया अनिता राना र निजका श्रीमान् २४ वर्षीय अन्तराम राना रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित मधुवन नगरपालिका-८ लालीबजार बस्ने २१ वर्षीय अनिश थापा मगरलाई प्रहरीले पक्राउ गरेको  छ । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले भे.७ प ६२४८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

चितवनको राप्ती नगरपालिका-११ आपपानीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ७ किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-४ बस्ने ३० वर्षीय सुदिप घलान र सोही ठाउँ बस्ने २० वर्षीय जित बहादुर थिङ रहेका छन् । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रदेश २-०३-०१ प १५७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

डडेल्धुरा, अमरगढी नगतरपालिका-१ स्याउले बजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ मिलिग्रामसहित भारत पिलिभित मोहल्ला गाउँ बस्ने २४ वर्षीय मुन्ना खानलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको जिप मर्मत गर्ने कोठाबाट उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  २ : ४४ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा