महिलाको अधिकार कटौती गर्दै तालीवान सत्ता | Khabarhub Khabarhub

महिलाको अधिकार कटौती गर्दै तालीवान सत्ता

ब्युटी सैलुन सञ्चालनमा रोक


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तालीवानको आदेश अनुसार आगामी सातादेखि अफगानिस्तानमा हेयर तथा ब्युटी सैलुनहरू बन्द हुने भएका छन्। दुई वर्षअघि तालीवानले सत्ता लिएदेखि नै सैलुनहरू निर्बाध रूपमा सञ्चालन गर्न अनुमति दिइएको थियो। तर, गत महिना सरकारले आफ्नो नीतिमा परिवर्तन गरेको हो। यो प्रतिबन्धपछि अफगान महिला लगभग बन्दी जीवनको अवस्थामा पुगेका छन्। यसअघि जिम, क्लास रुम र पार्कमा महिलालाई प्रतिबन्ध लगाइएको थियो। २३ वर्षीया जर्मेनिया सैलुनमा आफ्नो कपाल रंग्याएर मधुरो खैरो बनाउँदै थिइन्। सोही समयमा सैलुन बन्द गर्ने निर्णय भएको हो। एक्कासी सबै काम बन्द गर्ने अवस्था आएपछि उनको आँखामा आँसु आएको थियो।

तालीवानका शीर्षस्थ नेताको बसोबास रहेको परम्परावादी कठोरता रहेको कान्दहर नै जर्मेनियाको वासस्थान हो। राज्यले सो निर्णय गर्नुअघि नै त्यहाँ छोरीलाई शृङ्गार पटार गर्न र पार्लर जान अभिभावकले त्यत्ति सारो छुट दिँदैन थिए। ‘मलाई त्यत्तिकै घर छाड्न पनि अनुमति छैन। तर, मैले श्रीमानलाई मनाएर वर्षको दुई या तीन पटक पार्लर जाने गरेकी थिएँ,’ जर्मेनियाले भनिन्।

२३ वर्षीया जर्मेनिया सैलुनमा आफ्नो कपाल रंग्याएर मधुरो खैरो बनाउँदै थिइन्। सोही समयमा सैलुन बन्द गर्ने निर्णय भएको हो। एक्कासी सबै काम बन्द गर्ने अवस्था आएपछि उनको आँखामा आँसु आएको थियो।

एक कामदारसँग गहिरो मित्रता कायम गरेकी उनले छिमेककै एक साथी लिएर पार्लर जाने गरेकी थिइन्। त्यस स्थानमा धेरै जसो महिला बुर्का र हिजाव लगाएर हिँड्ने गरेका छन्। यसलाई उनले पहिचानको रूपमा लिने गरेकी छिन्। जर्मेनियाकै अनुसार कतिपय महिला त आफ्नो श्रीमानको निर्णयमा पनि प्रभाव पार्न सक्ने विगत थियो। तर, २०२१ को अगस्टमा तालीवानले सत्ता लिएपछि महिलाको हक र अधिकार मात्र छिनिएको छैन, त्यो देश चरम गरिबीतर्फ उन्मुख छ। ‘अहिले त महिलाका लागि बेरोजगारी, गरिबी र भेदभाव मात्र गफ गर्ने विषय बनेका छन्,’ जर्मेनियाले भनिन्।

मेडिना सुन्दरताकी पारखी अर्की एक अफगान महिला हुन् ।घरभन्दा बाहिर निस्कँदा उनले अनिवार्य हेड स्काफ बाँध्नै पर्छ। उनको रङ्गिन कपाल श्रीमान् र परिवारका सदस्यले मात्र देख्न पाउँछन्। राजधानी काबुलमै बसोबास गर्ने २२ वर्षीया उनी सुन्दरतासँग सरोकार राख्ने धेरै अनलाइनलाई नियमित फलो गर्छिन्। ‘मलाई थाहा भएसम्म हरेक महिला फेसन मन पराउँछन्। उनीहरू आफूलाई सुन्दर बनाएर नै अन्यको अघि प्रस्तुत गर्न चाहन्छन्। म पनि पछिल्लो फेसनको बारे जान्न र यस अनुसार चल्न मन पराउँछु’’, उनले भनिन्।

मेडिना सुन्दरताकी पारखी अर्की एक अफगान महिला हुन् । घरभन्दा बाहिर निस्कँदा उनले अनिवार्य हेड स्काफ बाँध्नै पर्छ। उनको रङ्गिन कपाल श्रीमान् र परिवारका सदस्यले मात्र देख्न पाउँछन्।

ब्युटी पार्लर गएपछि उनलाई आफ्नो विवाह नै पुन ताजगी भएको आभास हुन्छ। ‘मेरो श्रीमान् यसरी रंग्याइएको र विभिन्न स्टाइलमा काटेको मन पराउँछन् ’ उनले अगाडि भनिन्। उनले त यस्तो साथ पाएकी थिइन् कि हरेक समय श्रमानले नै पार्लर लिएर जाने गरेका थिए। बाहिर ढोकामा श्रीमान् कुरेर नै बस्थे। उनको कानुन व्यवसायी बन्ने इच्छा र चाहना थियो। सरकारले महिलालाई विश्व विद्यालय जान बन्देज गरेपछि उनको त्यो चाहनामा तुसारापात भएको थियो। यसपछि अन्य धेरै रोजगारीका क्षेत्रमा महिलालाई निषेध गरिए पछि उनका लागि काम गर्ने स्थान पनि लगभग बन्द छ।

मेडिना बाल्यकालमा आफ्नै आमासँग सैलुन जाने गरेकी थिइन्। जीवनका उद्देश्य लक्ष्यका बारे निस्फिक्री कुरा गर्थिन्। पछि सैलुनमा काम गर्ने कुनै पनि महिला जिन्स तथा स्कर्टमा होइन हिजावमा रहनु पर्ने बाध्यता आएको थियो। भयकैबीच त्यो पेसा सञ्चालन भइरहेको थियो। कोही पनि तालीवनको पक्ष र विपक्षमा बोल्दैन थिए। राजनीतिका बारे गफ नै हुँदैन थियो।

मेडिनालाई आफ्नो जिन्दगीको रोमाञ्चक क्षणको भने सम्झना आइरहन्छ। गत वर्ष उनी विवाह भन्दा अघि सैलुन गएकी थिइन्। जब अनुहार हेर्दा आफूलाई ज्यादै सुन्दर पाइन तब मानसिक रूपले नै उनलाई एकदमै खुसी दिएको थियो।

विगतमा सैलुनमा आफ्नी श्रीमती तयार भएको हो या होइन भनेर श्रीमानले हेर्ने गरेका थिए। पछिल्लो समय त सैलुनको ढोकासम्म पुग्न पनि सम्भव थिएन। मेडिनालाई आफ्नो जिन्दगीको रोमाञ्चक क्षणको भने सम्झना आइरहन्छ। गत वर्ष उनी विवाह भन्दा अघि सैलुन गएकी थिइन्। जब अनुहार हेर्दा आफूलाई ज्यादै सुन्दर पाइन तब मानसिक रूपले नै उनलाई एकदमै खुसी दिएको थियो।

उत्तर पश्चिम सहर मजार इर सरिफकी २७ वर्षीया सोमायाका लागि ब्युटी पार्लर अनिवार्य हो। तीन वर्ष अघि घरमा हिटर पड्कँदा उनको अनुहार जलेको थियो। आँखी भौँ ध्वस्त भएको थियो तथा आँखाको दायाँ भागमा पनि चोट लागेको थियो। म अनुहार राम्रोसँग ऐनामा हेर्न पनि नसक्ने भएँ। म त्यत्ति धेरै कुरूप नै भए ,’ भावुक हुँदै उनले भनिन्।

बाहिर निस्कँदा सबै जना मानिसलाई उनैलाई हेरेर हाँसेर बसेको जस्तो भान पनि उनलाई भएको थियो। उनलाई ब्युटी सैलुनले नै नयाँ जीवनको आधार दिएको थियो। त्यसपछि सैलुन गएर माइक्रो ब्लेडिङ गरेपछि उनलाई केही राहतको महसुस भएको थियो। आफ्नो आँखी भौँ हुँदा नै उनलाई खुसी लाग्न थालेको थियो। उनी खुसीले पागल जस्तै भएकी थिइन्।

धेरै अफगान महिलाका लागि सैलुन सुन्दर बन्ने स्थान मात्र होइन। मानसिक रूपमा पुर्न ताजगी गराउने ठाउँ पनि हो ।

मनोविज्ञानमा स्नातकोत्तर गरेकी उनले गत वर्ष तालीवानले सत्ता हातमा लिएपछि धेरैलाई काउन्सीलीङ गर्ने काम गर्थिन्। सैलुनलाई थेरापीको रूपमा प्रयोग गर्ने उनी जस्ता धेरै छन्। धेरै अफगान महिलाका लागि सैलुन सुन्दर बन्ने स्थान मात्र होइन। मानसिक रूपमा पुर्न ताजगी गराउने ठाउँ पनि हो । जर्मेनिया जुन महिनामा अन्तिम पटक सैलुन गएकी थिइन्। सायद अब त्यो दिन फर्कँदैन। तालीवान सरकारले महिलाका हक र अधिकार त छिनेको थियो आफैमा रमाउने नयाँ शैली पनि बन्द गरिदिएको छ।

गएका दुई वर्ष अफगान महिलाको सम्पूर्ण कुरा छिनिएका छन्। काम गर्ने अवसरबाट सुरु भएको उनीहरूको हक छिन्ने क्रम बढ्दै गएर सैलुनमा पुगेको हो। सायद अबको पुस्ता त्यो पीडाबाट बाहिर आउन नै सक्दैन। तालीवान सत्ता रहेसम्म त महिलाहरू पूर्ण रूपमा बन्दी जस्तै जीवन बिताउने लगभग निश्चित छ। स्रोतः बीबीसी

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ८ : १९ बजे

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ– लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट

श्रीलंकामा राष्ट्रपतिका लागि मतदान सुरु

एजेन्सी– श्रीलंकाले आर्थिक संकट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलंकामा अन्तर्राष्ट्रिय मुद्रा

तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालन, पर्यटकलाई सहज

म्याग्दी– मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं– नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी

अनियमित विद्युत् आपूर्तीले जनकपुरधामका उपभोक्ता समस्यामा 

जनकपुर– जनकपुरधाम उपमहानगरपालिकामा केही दिनयतादेखि जनकपुरधाममा देखिएको विद्युत् आपूर्तिको समस्या