धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरको अवरोध | Khabarhub Khabarhub

धार्मिक अनुष्ठानमाथि काठमाडौँ महानगरको अवरोध


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि अवरोध गरेको छ ।

काठमाडौं महानगरपालिका– ३२ स्थित शंखमूलघाटमा स्थानीयले आयोजना गरेको ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’ मा काठमाडौं महानगरपालिको प्रहरी टोलीले अवरोध गरेको हो ।

गत १ साउनदेखि सञ्चालन भइरहेको महोत्सवमा मंगलबार महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै बन्द गराउन महानगर टोली पुगेको हो ।

धार्मिकस्थलमा मात्र धार्मिक कार्यक्रम गर्न नगरप्रहरी प्रमुख पाण्डेले आग्रह गरे भने स्थानीयले पनि सो स्थल धार्मिक स्थल नै भएकाले महोत्सव आयोजना गरेको जवाफ दिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ४ : १६ बजे

परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडौं– परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको

बयानका लागि रविलाई मंगलबार काठमाडौं ल्याइँदै

काठमाडौं- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

दूधबाट महिनाकै करोड भित्रिन्छ गाउँमा

गण्डकी – कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकको माछापुच्छ्रे एकता दूग्ध उत्पादक

परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडौं- परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको

धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं–  धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार