हिन्दी भाषा प्रवर्द्धन गर्न भारतद्वारा राष्ट्रसंघलाई १० लाख डलर प्रदान « Khabarhub

हिन्दी भाषा प्रवर्द्धन गर्न भारतद्वारा राष्ट्रसंघलाई १० लाख डलर प्रदान


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अन्तर्राष्ट्रिय क्षेत्रमा हिन्दी भाषालाई प्रचलनमा ल्याउनका लागि भारतले संयुक्त राष्ट्रसंघलाई १० लाख डलर प्रदान गरेको छ ।

संयुक्त राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघीय विश्वव्यापी सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम बराबरको चेक प्रदान गरेकी हुन् ।

राष्ट्रसंघमा भारतीय नियोगले भाषागत समावेशिताका लागि स्थायी प्रतिनिधि कम्बोजमार्फत् भारतले राष्ट्रसंघलाई उक्त रकम प्रदान गरेको जानकारी दिएको छ ।

यसबाट हिन्दी भाषामा राष्ट्रसंघीय गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थायी प्रतिनिधि कम्बोजले भारत सरकारले हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर लागि रहने उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ६ : ४७ बजे

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।