धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ « Khabarhub

धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ


९ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी उपमहानगरपालिकामा गैरकानुनी रूपमा क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ परेका छन्।
इजाजत प्राप्त नगरेका व्यक्तिहरूले मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू सञ्चालन गरी औषधी बिक्री वितरण गरि चिकित्सा सेवा दिइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वयमा धनगढीका वडा एरियामा रहेका मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू चेकजाँच गर्ने क्रममा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र २९ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिकले चिकित्सा सम्बन्धी मापदण्ड पुरा नगरी इजाजत पत्र नलिएको पाइएको हो।

दुवैमाथि मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत इलाज सम्बन्धी कसुर मुद्दा दायर गरी मंगलबार सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ४७ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय