चक्रपथको बालाजु–माछापोखरी क्षेत्रमा सफाइ (फोटो फिचर) « Khabarhub

चक्रपथको बालाजु–माछापोखरी क्षेत्रमा सफाइ (फोटो फिचर)


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चक्रपथ सफाइ अभियान अन्तरगत शनिबार बालाजु चोकदेखि माछा पोखरीसम्मको सफाइ गरिएको छ ।

चक्रपथ सफाइ अभियानको १०१ औँ दिनको अवसर पारेर शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बालाजुदेखि माछा पोखरीसम्मको सफाइ गरिएको हो ।

घरघरबाट सफाइ अभियान संचालन गर्नुपर्छ भन्ने सन्देशका साथ चक्रपथ सफाइ अभियानलाई निरन्तरता दिइएको अभियन्ता ताराबहादुर कुँवरले जानकारी दिए । उनले सफाइ अभियानमा स्थानीय प्रहरी प्रशासन, विद्यालय, सामाजिक संघ, संस्था र स्थानीय महिलाहरुले बढी साथ दिएको बताए ।

आजको सफाइ अभियानमा पनि स्थानीय प्रहरी र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । २०७१ सालबाट सुरु गरिएको यो अभियान अन्तरगत हालसम्म कलंकीदेखि माछा पोखरीसम्ममा २७८ ट्रक फोहोर संकलन गरी व्यवस्था गरिएको छ ।

अभियन्ता कुँवरका अनुसार गत शनिबार हालसम्म निरन्तर अभियानमा सहभागी भएकाहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा सम्मान पनि गरिएको थियो ।

यो अभियान हरेक शनिबार बिहान ७ बजेबाट ९ बजेसम्म सञ्चालन हुनेछ । अभियानमा सहभागी भएर काठमाडौंको चक्रपथलाई सफा र स्वच्छ बनाउने अभियानमा लाग्न अभियन्ता कुँवरले सबैलाई आह्वान गरे ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  २ : ११ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट