तस्करी रोक्न पुराना प्रतिवेदन सार्वजनिक गर्नुपर्छ | Khabarhub Khabarhub

तस्करी रोक्न पुराना प्रतिवेदन सार्वजनिक गर्नुपर्छ


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास पुरा गरेर बाहिर निस्किसकेको करिब सय किलो सुन बरामद भएको छ। यस्ता शृङ्खला पहिला पनि भएको र गुपचुप रूपमा ठुलो परिणाममा सुन भित्रिरहेको भन्ने कुरा आइरहेको छ। नेपालमा यस्तो सुन तस्करीको खास कुरा कसले ल्याइरहेको छ ? यस्तो विषयमा किन समातिन सकेको छैन लगायतका विषयमा आधारित रहेर पूर्व सचिव धरणीधर खतिवडासँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

के कारणले गर्दा नेपालमा सुन तस्करी बढिरहेको छ ?
मेरो अनुभवले भ्याएसम्म २०५१ या २०५२ देखि यो शृङ्खला सुरु भएको हो। आज २८ वर्ष लागि सक्दा त्यसको क्षमता बढ्दै गएको छ। त्यो देख्दा ०५४ वा ०५५ तिर संसद्ले अलिकति चासो देखाएको जस्तो गरेर तत्कालीन संसद् परी थापाको संयोजकत्वमा एउटा संसदीय छानबिन समिति गठन गर्यो। उहाँले औँल्याएका कारणको सारांशमा त्यसमा कुनै न कुनै प्रकारको अनैतिक राजनीतिक कार्यसंस्कृति छ। त्यसमा राजनीतिको अपराधीकरण र अपराधीलाई राजनीतिक आवरणमा छोपछाप गर्ने दलको प्रवृत्तिको कारणले यो मौलाउँदै गएको छ भन्ने त्यसको सार हो। तर दुर्भाग्यवश त्यो प्रतिवेदन लुकाइयो।

अहिले सय किलोको कुरा गरिन्छ। पहिला पनि सुन काण्डका बारेमा अनुसन्धान गरियो तर सबैको अनुसन्धान प्रतिवेदन गुपचुप नै छ। यदि उच्च राजनीतिक तहमा असल नियतको साथ सुशासन स्थापना गर्ने संस्कार भइदिएको भए र केही उच्च तहका प्रशासकको इमान्दारीतामा प्रश्न आउँदैन भन्ने हो भने त त्यो प्रतिवेदन जनताका लागि जानकारीमा ल्याउनु पर्ने हो। त्यो प्लेनबाट झरेको सामान कार्गो अफिससम्म ल्याउँदा त्यहाँको ग्राउन्ड ह्याण्डीलिड गर्ने स्टार्फदेखि लिएर सबै कर्मचारी मिलेको छन्। किनभने त्यो एक्सरेले जाँच गरेन भने भन्सार ऐनले भन्सार पदाधिकारीलाई त्यो खोलेर हेर्ने अधिकारसम्म हुन्छ। यहाँ सुन्नमा आएको ३ वटा खोलियो। शुक्रवार सुन आएको छ र मंगलबार मात्र जाँच पास हुन्छ। तस्करले त्यहाँ आफूले भनेको मान्ने कर्मचारी नहुँदा त्यो सामान ननिकाल्ने, प्रहरीको त्यहाँ सहभागिता नै छैन।

शुक्रवार आएको समान भन्सार शनिबार पनि खुल्छ। त्यसमा मंगलबार मात्र जाने र त्यो एक्सरेले काम गरेन भन्ने कुनै मान्छेले घरको चाबी लिएर आएको छ भने कर्मचारीलाई शंका लागेर सबै हेर्ने, विदेशमा काम गर्ने कर्मचारीको मोबाइलसम्म हेर्ने तर त्यो गह्रौँ बाक्सा ब्रेकसुको तौल कति हुन्छ ? त्यहाँ विवेक प्रयोग गर्नुपर्ने हो त्यो भएन। ०५२ देखि ०८० सालसम्म आइपुग्दा सुन तस्करी भएर गएका कुराहरूको हेक्का राख्दै कस्तो कार्गो राख्ने र यसमा उताबाट आएको देशको एयरलाइन्सको पाइलोट कर्मचारी, यताका कर्मचारी भन्सारका कर्मचारी सबैको मिली भगत छ। त्यसैले यो सुन तस्करी मात्र हैन अन्तर्राष्ट्रिय अपराध हो।

पछिल्लो ५७ महिनामा धेरै किलो सुन समातिएको छ त्यो मध्ये ८५ प्रतिशत अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको छ। के हो यस्तो ?
विमानस्थलमा यस्ता घटनाहरू घटिरहेका छन् भनेपछि प्रमुख भन्सार अधिकृत जो सहसचिव सरहको कर्मचारी हुन्छ र त्यसको मातहतमा उपसचिव पनि हुन्छन् भने ती मान्छेलाई निर्देशन दिन अर्थ मन्त्रालयको उच्च प्रशासनिक नेतृत्वदेखि लिएर भन्सार विभागको उच्च नेतृत्वदेखि लिएर राजनीतिक नेतृत्वको कुरा गर्ने हो भने अर्थमन्त्रीको इन्ट्रीग्रिटीमा प्रश्न गर्न सकिन्छ अहिले। एकातिर हामी राजस्व चुहावट रोक्ने भन्छौँ अर्को तिर त्यो राजस्व चुहावट विभागलाई प्रधानमन्त्री कार्यालयमा ल्याएर समेट्दैनौँ।

सुन तस्करी रोक्न के गर्ने त ?
प्रहरी संगठनमा २०४६-०४७ देखि जुन एउटा अवान्छित राजनीतिक हस्तक्षेप गरेर प्रहरी सङ्गठनलाई गृहमन्त्री र प्रधान मन्त्रीको मुठीमा र सनकमा चलाउने हिसाबमा प्रहरीको मनोबल खस्काउने काम रत्नशमशेर राणालाई बरर्खास्त गरिसकेपछि सुरु भएको त्यो बरखास्तले प्रहरी संगठन भित्र पनि मैले डटेर काम गर्नुपर्छ भन्ने उत्साह नभएको अवस्था त्यसलाई जगाउनुपर्छ। भ्रष्टाचार भनेको कुरा बिना राजनीतिक संलग्नता बेगर हुँदै नसक्ने हुनाले प्रधानमन्त्रीले क्याबिनेटमा ममार्फत रहेका मन्त्रीको कुनै पनि संलग्नता देखियो भने तपाईंहरूलाई फाएर गर्छु। आफ्नो मान्छे पिए राख्न पाउनु हुन्न। प्रहरी संगठन भन्सार विभागमा र राजस्व विभागमा हस्तक्षेप गर्न पाउनु हुन्न भन्नुपर्यो।

अहिलेका अर्थमन्त्रीले कत्तिको जिम्मेवारी लिने हो ?
जो मान्छे समातिएको छ उसलाई विभागीय कारबाही गरेर मात्र हुँदैन। उसलाई केन्द्रीय अनुसन्धान ब्युरोमा जिम्मा लगाएर अनुसन्धान गर्नुपर्यो। गृहमन्त्रीले एयरपोर्टमा प्रहरी र कार्गो अफिसमा सैनिक खटाउन सक्नु हुन्छ। नेपाल सरकारले तत्काल जहाँबाट आउँछ र संलग्न व्यक्तिलाई अनुसन्धान गर्न पाउने भन्ने आधारमा कूटनीतिक नियोगमार्फत गर्नुपर्यो। त्यहाँबाट ल्याउने को हो र नेपालमा हुन्डीमार्फत विदेशी मुद्रा हङकङ र सिंगापुर लाने यहाँका व्यापारीलाई ध्यानमा राखेर अहिलेको सरकारले आँट गरेर पहिलाका प्रतिवेदन पनि अगाडि ल्याउनुपर्यो।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ५४ बजे

संसदमा विपक्षीलाई कमजोर पार्न विभिन्न षड्यन्त्र रचिँदैछन् : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विपक्षीलाई

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं– नागढुंगा-नौविसे(मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ– लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट

श्रीलंकामा राष्ट्रपतिका लागि मतदान सुरु

एजेन्सी– श्रीलंकाले आर्थिक संकट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलंकामा अन्तर्राष्ट्रिय मुद्रा

तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालन, पर्यटकलाई सहज

म्याग्दी– मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ