इन्सेकद्वारा ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुकैया खातुनलाई दिने घोषणा « Khabarhub

इन्सेकद्वारा ‘प्रकाश मानव अधिकार पुरस्कार’ रुकैया खातुनलाई दिने घोषणा


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको प्रकाश मानव अधिकार पुरस्कार रुकैया खातुनलाई प्रदान गर्ने भएको छ ।

इन्सेकका अध्यक्ष कुन्दन आर्यालले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया खातुनलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।

संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उनलाई प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा यही साउन १६ गते काठमाडौँमा सम्पन्न हुने एक समारोहमा प्रदान गरिनेछ । खातुनलाई ५० हजारसहित सम्मान गर्न लागिएको हो ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको सम्झनामा नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यका साथ इन्सेकले हरेक वर्ष प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्दै आएको छ ।

काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो ।

यसअघि उक्त पुरस्कार वरिष्ठ पत्रकार विनयकुमार कसजु, वरिष्ठ समाजसेवी स्व. दयावीरसिंह कङ्साकार, डा. गौरीशङ्करलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मालगायत २८ जनालाई प्रदान गरिसकिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : १५ बजे

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको