भारतमा सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याए अविश्वासको प्रस्ताव « Khabarhub

भारतमा सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याए अविश्वासको प्रस्ताव


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । हालै दक्षिणी राज्य कर्णाटकको बैंगलुरुमा घोषणा गरिएको ‘इण्डिया’ गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको हो ।

मणिपुरमा महिलालाई सडकमा नग्न बनाएर सामूहिक बलात्कार गरेको भिडियो भाइरल भएसँगै सरकारको जवाफ माग्दै अविश्वासको प्रस्ताव ल्याएको हो ।

लोकसभाका सभामुख ओम बिरलाले अविश्वासको प्रस्ताव स्वीकार गरेको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

कांग्रेस नेतृत्वको विपक्षी ‘इण्डिया’ गठबन्धनले मणिपुरमा जारी हिंसाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । मणिपुर घटनालाई लिएर सत्तापक्ष र विपक्षबीच किचलो बढ्दै जाँदा बारम्बार संसदमा हंगामा हुँदै आएको छ ।

भारतीय सञ्चारमाध्यमले संसदमा सत्तारुढ भारतीय जनता पार्टीको स्पष्ट बहुमत रहेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने सम्भावना भने नरहेको जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : ३२ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि