भारतमा सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याए अविश्वासको प्रस्ताव « Khabarhub

भारतमा सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याए अविश्वासको प्रस्ताव


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । हालै दक्षिणी राज्य कर्णाटकको बैंगलुरुमा घोषणा गरिएको ‘इण्डिया’ गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको हो ।

मणिपुरमा महिलालाई सडकमा नग्न बनाएर सामूहिक बलात्कार गरेको भिडियो भाइरल भएसँगै सरकारको जवाफ माग्दै अविश्वासको प्रस्ताव ल्याएको हो ।

लोकसभाका सभामुख ओम बिरलाले अविश्वासको प्रस्ताव स्वीकार गरेको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

कांग्रेस नेतृत्वको विपक्षी ‘इण्डिया’ गठबन्धनले मणिपुरमा जारी हिंसाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । मणिपुर घटनालाई लिएर सत्तापक्ष र विपक्षबीच किचलो बढ्दै जाँदा बारम्बार संसदमा हंगामा हुँदै आएको छ ।

भारतीय सञ्चारमाध्यमले संसदमा सत्तारुढ भारतीय जनता पार्टीको स्पष्ट बहुमत रहेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने सम्भावना भने नरहेको जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १ : ३२ बजे

युद्धविराम प्रयासबीच पनि लेबनानमा इजरायली आक्रमण जारी, सात जनाको मृत्यु

बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच

गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि