भेरी अस्पतालमा एमआरआइ मेसिन « Khabarhub

भेरी अस्पतालमा एमआरआइ मेसिन


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जानकी– पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले एमआरआई मेसिन आइपुगेको छ  । तीन वर्षदेखिको प्रयासपछि झण्डै २४ करोड मूल्यबराबरको थ्रिटी एमआरआइ मेसिन मंगलबार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँले जानकारी दिए । 

उनले यहाँ सुविधासम्पन्न एमआरआइ मेसिन  उपलब्ध भएकाले सामुदायिक स्वास्थ्य क्षेत्रमा  निकै उपलब्धिपूर्ण भएको बताए । ‘तीन वर्षदेखिको प्रयासपछि अस्पतालमा मेसिन आइसकेकाले यथासम्भव सीमित स्रोत र साधनबाट यसलाई सञ्चालन गरी आमजनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने छौँ । यसले सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा हामी विश्वस्त छौँ ।’ उनले भने, ‘आजैदेखि यसलाई जडान गर्न थालिने छ  । त्यसका लागि पूर्वाधार तयार गर्न यसअघि नै नयाँ भवनमा इमरजेन्सी कक्ष सारिसकेका छौँ ।’

तीन वर्ष अघि डा प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा यहाँ विशिष्टीकृत प्रयासलाई तीव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा थापा नेतृत्वले एमआरआइका लागि पहल गरेका थिए ।  रु १८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआइ मेसिनका लागि डेढ वर्षअघि खुल्ला बोलपत्रमार्फत एलसी खोलिएकामा विभिन्न प्रशासनिक झमेला भएपनि खरिद प्रक्रियाले साकाररूप लिएको थियो । 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ५७ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद