प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको होटल सञ्चालकले नै हत्या गरेको खुलासा « Khabarhub

प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको होटल सञ्चालकले नै हत्या गरेको खुलासा


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागलुङको बडिगाड गाउँपालिका ६ खालबजारस्थित आशा होटल तथा खाजा घरमा मृत भेटिएका प्रहरी वरिष्ठ नायव निरीक्षक उज्वल पौडेलको होटल सञ्चालकले नै हत्या गरेको पाइएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट होटल सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनकै छोरा २० वर्षीय विनोद कुँवरले पौडेलको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

उनी खाजा खान उक्त होटल गएका थिए । दुबै आरोपीलाई प्रहरीले मंगलबार नै पक्राउ गरिसकेको छ ।

होटेल सञ्चालकसँग विवाद हुँदा आशा र विनोद कुँवरले पौडेललाई मुक्का हानेको र मरणासन्न हुनेगरी छातीमा लात्तीले हानेको जनाएको छ । कुटपिट र मुक्का प्रहारबाट बेहोस भएका पौडेलको पर्दाको कपडाले घाँटी कसेर हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

नगर प्रहरी कार्यालय बागलुङ दरबन्दी भई ईलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेल उक्त होटलको भुइँ तलाको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : १३ बजे

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को

नवीकरणीय ऊर्जा र दक्षता कार्यक्रमका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा