सामाखुसीमा बगेर बेपत्ता बालक अझै फेला परेनन् | Khabarhub Khabarhub

सामाखुसीमा बगेर बेपत्ता बालक अझै फेला परेनन्


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।

खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोली खोजी कार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोलीले सामुखुसी खोला पूरै खोजी गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजी गर्दासमेत फेला पार्न सकेको छैन । बेपत्ता बालकको अहिले पनि खोजी कार्य जारी रहेको छ ।

काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आइतबार साँझ फुटसल खेल्न जाँदैगर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ५० बजे

सभामुखले गरे रास्वपा र राप्रपाका नेतासँग छलफल

काठमाडौं – सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

‘सात दिनभित्र समितिका निर्देशनको प्रगति विवरण माग्ने निर्णय’

 ‘सात दिनभित्र समितिका निर्देशनको प्रगति विवरण माग्ने निर्णय’ काठमाडौं– प्रतिनिधिसभा,

जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्रीले

ग्यास चुहिएर दुई घरमा आगलागी : चार जना घाइते

झापा– हल्दिबारी गाउँपालिका–४ को एक घरमा आज आगलागी नियन्त्रण गर्ने

दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण सुरू

दोधारा चाँदनी – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित सुक्खा बन्दरगाह