सामाखुसीमा बगेर बेपत्ता बालक अझै फेला परेनन् « Khabarhub

सामाखुसीमा बगेर बेपत्ता बालक अझै फेला परेनन्


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको सामाखुसी खोलामा गत आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् ।

खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोली खोजी कार्यमा खटिएको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोली तथा गोताखोर टोलीले सामुखुसी खोला पूरै खोजी गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजी गर्दासमेत फेला पार्न सकेको छैन । बेपत्ता बालकको अहिले पनि खोजी कार्य जारी रहेको छ ।

काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आइतबार साँझ फुटसल खेल्न जाँदैगर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ५० बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार