राष्ट्रियसभा बैठक : सुन प्रकरणबारे उच्चस्तरीय समिति बनाउन एमालेको माग « Khabarhub

राष्ट्रियसभा बैठक : सुन प्रकरणबारे उच्चस्तरीय समिति बनाउन एमालेको माग


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।

आज राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए । 

त्यसपछि दाहालले एक सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका थिए ।

गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको जिकिर थियो ।

उनले संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने माग गरे ।

बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए ।

उक्त अध्यादेश राष्ट्रियसभाबाट पारित गर्ने तयारी छ । राष्ट्रियसभाबाट पारित र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा आउने छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ११ : ४१ बजे

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

ढाका– बंगलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मंगलबार

काठमाडौंमा ‘तमु ल्होसार’को रौनक (तस्बिरहरू)

काठमाडौं– गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत

किसानसँग कोटाभन्दा बढी धान खरिद

बाँके– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

ऐजेन्सी– बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष

मथुरामा सनी लियोनीको प्रवेशलाई लिएर विरोध

काठमाडौं– बलिउड अभिनेत्री सनी लियोनी नयाँ वर्षको अवसरमा मथुरामा हुन