‘सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ’ « Khabarhub

‘सरकार सुशासनका पक्षमा दृढताका साथ अघि बढेको छ’


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छन् । 

सफ्टेरिका कलेजले यहाँ आज आयोजना गरेको ‘टेक-एक्स २०२३’ उद्घाटन गर्दै सरकारका प्रवक्ता समेत रहेकी  मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको स्पष्ट पारिन्। केही राम्रा काम गरेर आमजनता र युवामा सकारात्मक सन्देश दिने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ । 

वर्तमान अवस्थामा देखा परेका समस्या समाधानका साथै आगामी दिनमा उत्पन्न हुनसक्ने असहज परिस्थितीको सामना गर्नका लागि सूचना तथा प्रविधिको सही प्रयोग आवश्यक भएको उनले बताइन् । उनले भनिन्, ‘संसार सूचना तथा प्रविधिको विकासमा अगाडि बढिसकेको छ, पछिल्लो समयमा गुणात्मक प्रगति भएको क्षेत्र यो मात्रै हो ।’

नेपालमा पनि पछिल्लो दशकमा अन्य क्षेत्रको तुलनामा सूचना तथा सञ्चार प्रविधिमा उल्लेख्य प्रगति भएको भन्दै मन्त्री शर्माले सरकारले पनि यसको आवश्यकता महसुस गरी विभिन्न क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाएको उल्लेख गरिन्। उनले मानवीय जीवनको बहुआयामिक पक्षमा सूचना प्रविधिले महत्वपूर्ण प्रभाव पारेको बताइन् । 

सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा गइसकेको बताउँदै उनले कुल पुँजीगत खर्चको एक प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्ने बताइन्।  

विसं २०७६ देखि अगाडि बढाइएको डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममार्फत कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाइएको उनको भनाइ छ । 

मन्त्री शर्माले सरकारी सेवामा सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिलाई आकर्षण गर्ने गरी सरकारले योजना बनाएको बताइन् । साथै संघीय निजामती ऐनमा आइटी समूहलाई अलग बनाउने तयारी भइरहेको भन्दै उनले युवालाई सरकारी सेवामा प्रवेश गराएर देशप्रति प्रतिबद्ध बनाउने र स्वदेशैमै रोजगारीको सिर्जना गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पारिन् ।   

पछिल्लो समयमा साइबर सुरक्षा, डाटा सुरक्षाको समस्या बढ्दै गएकोतर्फ इङ्कित गर्दै मन्त्री शर्माले साइबर सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । 

उनले हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्नुपर्ने धारणा राखिन् । सञ्चार मन्त्रालयले साइबर सुरक्षा नीति बनाएर मन्त्रिपरिषद्मा पठाएको जानकारी दिँदै त्यसले जतिसक्दो चाँडो अगाडि बढ्ने बताएकी छन् । 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  १ : ३८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा