चोरीका मोटरसाइकलसहित ७ जना पक्राउ | Khabarhub Khabarhub

चोरीका मोटरसाइकलसहित ७ जना पक्राउ


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

बारा– बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बाराको बिभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको हो ।

चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, BR 05 F 0603, BR 05 A 9062, , ना ४१ प ८४६८, बा ९० प ५००८, मधेश प्रदेश ०३ ०२६ प ९९५६, बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्ला बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नं। १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाँउका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगपालिका वडा न‌ं. २० बस्ने २० वर्षीय दीपेन्द्रकुमार महतो, सोही ठाँउका १९ वर्षीय राधेश्याम महता, सोही ठाँउका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नं. ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नं। २ का २६ वर्षीय पञ्चलाल बलोनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न समयमा मोटरसाइकल मानिस बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ३ : २४ बजे

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

टी–२० आईमा किरण र रुपेशको डेब्यु

स्कटल्यान्ड – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र

आजका समाचार : बहिष्कार र विरोधकाबीच संसद् जारी, पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश र राेकिएन इरान- इजरायल तनाव

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर