कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण « Khabarhub

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा वीरेन्द्र अस्पतालको निरीक्षण


११ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको आज निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा उनलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराएका थिए । कार्यवाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पतालको ओपिडी भवन, आकस्मिक कक्ष, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपिडी कक्षहरूका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको मास क्याजल्टी ट्रिटमेन्ट सेन्टर क्षेत्रको अवलोकन गरे ।

त्यस अवसरमा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा भरतबहादुर भण्डारीले अस्पतालको विविध गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराए । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वीरेन्द्र अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगतलगायतका सबै समस्या समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिए ।

सो क्रममा नेपाली सेनाका बलाध्यक्ष रथी सीताराम खड्का, सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डा अरुण शर्मा, रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत अस्पतालका विभिन्न विभागका प्रमुखको उपस्थिति रहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार  ९ : ५० बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक