‘सुशासनका निम्ति नीतिगत भ्रष्टाचार रोक्नुपर्छ’ | Khabarhub Khabarhub

‘सुशासनका निम्ति नीतिगत भ्रष्टाचार रोक्नुपर्छ’


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मैले अबको केही वर्षपछि हाम्रो देश युवाबिहीन नै हुन्छ कि भन्ने एउटा विकराल वा डरलाग्दो स्थिति देखिरहेको छु। त्यसको प्रमुख कारण सुशासन नहुनु नै हो। युवा पुस्ता आफ्नो देशभित्र भविष्य राम्रो हुने सम्भावना नदेखेपछि विदेश पुग्छन्। विदेश पुगेपछि विस्तारै उतै पलायन भइरहेका छन्। यो मुलुकका लागि ठूलो चुनौती हो।

मैले अबको केही वर्षपछि हाम्रो देश युवाबिहीन नै हुन्छ कि भन्ने एउटा विकराल वा डरलाग्दो स्थिति देखिरहेको छु। त्यसको प्रमुख कारण सुशासन नहुनु नै हो।

अब सरकारले कसरी युवालाई देशमै राख्ने भन्ने विषयमा सोच्नुपर्छ। यो अहिले एकदम आवश्यक कुरा भइसकेको छ। यसका अतिरिक्त हामीले जहिले पनि सुशासन र भ्रष्टाचारका कुराको ख्याल राख्नुपर्छ। देशलाई सुशासनमा बाध्न भ्रष्टाचार हुनु हुँदैन। नेपालमा नीतिगत भ्रष्टाचार र अर्को नियतगत भ्रष्टाचार देखिन्छ। यसको अन्त्य हुनुपर्छ।

अब सरकारले कसरी युवालाई देशमै राख्ने भन्ने विषयमा सोच्नुपर्छ।  देशलाई सुशासनमा बाध्न भ्रष्टाचार हुनु हुँदैन।

यदि नीतिगत भ्रष्टाचारमा त्रुटि भएको छ भने त्यसलाई सुधार्न सक्ने अवस्था धेरै छन्। तर अहिलेको हाम्रो नेतृत्वमा नैतिकता छैन। त्यसले गर्दा नियतगत भ्रष्टाचार धेरै भएका छन्। जसलाई सुधार गरेर अगाडि बढ्नु जरुरी छ।

अहिलेको हाम्रो नेतृत्वमा नैतिकता छैन। त्यसले गर्दा नियतगत भ्रष्टाचार धेरै भएका छन्। जसलाई सुधार गरेर अगाडि बढ्नु जरुरी छ।

जुन तहमा जहाँ जसरी हामी गए पनि त्यसलाई सुधार गरेर लानसक्ने अवस्था छैन। हामीले परिवर्तनको सम्भावना नै देख्दैनौँ। यसको सुधारका लागि राजनीतिक तह तत्काल लागि पर्नुपर्छ। यो विषयमा प्रशासनिक तहमा गम्भीर छलफल आवश्यक छ।

अहिले नेपालमा देखिएको नियतगत भ्रष्टाचारलाई रोक्नुपर्छ। यहीबाट देशलाई सुशासनको बाटोमा अगाडि बढाउने प्रयत्नको सुरुवात गर्नुपर्छ। (काठमाडौं दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इस्टिच्युट फर सोसियो इकोनोमिक एण्ड स्ट्राटेजिक स्टडिज (आईएसएसआर)ले आयोजना गरेको ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य कुसुम महर्जनले राखेको धारणाको सम्पादित अंश)

 

 

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ४७ बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने