रत्ननगर अस्पताल : दुई लाख बिरामीले सेवा लिए « Khabarhub

रत्ननगर अस्पताल : दुई लाख बिरामीले सेवा लिए


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा गत आर्थिक वर्ष २०७९-८० मा दुई लाख चार हजार पाँच सय बिरामीले सेवा लिएका छन् । सो अवधिमा एक हजार एक सय ४३ बिारमीको जटिल किसिमको तथा एक हजार नौ सय १३ जनाको सामान्य शल्यक्रिया गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार सेवा लिएका मध्ये ७६ दशमलव चार प्रतिशत स्वास्थ्य बीमामार्फत उपचार गराउने छन् । अघिल्लो आर्थिक वर्षमा सो अस्पतालले एक लाख ५२ हजार चार सय ८४ जनालाई सेवा दिएको थियो । आव २०७७-७८ मा यो सङ्ख्या ८५ हजार चार सय ५३ थियो ।

बागमती प्रदेश सरकार मातहत रहेको ५० शय्या स्वीकृत पाएको उक्त अस्पतालमा हाल ९० शय्या सञ्चालनमा छन् । अस्पतालले बहिरङ्गतर्फ विभिन्न विभागमार्फत सेवा दिँदै आएको छ । डा ज्ञवालीका अनुसार अस्पतालले स्त्री तथा प्रसूति, हाडजोर्नी, सर्जरी, छाला, मनोरोग, बालरोग, नाक-कान-घाँटी, दन्त रोगलगायतको सेवा दिँदै आएको छ ।

अस्पतालमा गत वर्षदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’समेत सञ्चालनमा छ । पछिल्लो समय एकाएक बिरामीको आकर्षण बढेको यस अस्पतालबाट पूर्वी चितवनका चार नगरपालिकाका बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका छन् । यससँगै छाला, शल्यक्रिया र डायलाइसिसका लागि नवलपरासी, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट बिरामी आउने गरेका छन् ।

अस्पतालमा कम जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ । हाल अस्पतालमा २५ विशेषज्ञ चिकित्सक, १८ मेडिकल अधिकृत, छ दन्त चिकित्सकसहित दुई सय १० स्वास्थ्यकर्मी कार्यरत छन् । रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कम जनशक्तिले धेरै सेवा दिएको उल्लेख गर्दै नगरपालिकाबाट पनि सक्दो सहयोग गरेको बताए । 

उनका अनुसार पार्किङ व्यवस्थापनका लागि नगर प्रहरी परिचालन गरी नगरपालिकाले सहयोग गर्दै आएको छ । नगरपालिकाले ३० लाखको विपन्न सहायता कोष निर्माण गरी अतिविपन्नलाई त्यसैमार्फत उपचार सेवा दिँदै आएको छ । नगरपालिकाले नगरभित्रका तीन हजार दुई सय विपन्न परिवारको स्वास्थ्य बीमा सोही अस्पताललाई पहिलो विन्दु बनाएर गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : ११ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन