ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत « Khabarhub

ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहने निक्षेप सङ्कलन दरलाई एक प्रतिशतले बिन्दुले घटाएर साढे चार प्रतिशत कायम गरेको छ ।

राष्ट्र बैंकले आज एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै निक्षेप सङ्कलन दर घटाएसँगै रिपो दर पनि शून्य दशमलव ५० प्रतिशत बिन्दुले घटेको छ ।

यसअघि वाणिज्य बैंकहरुमा ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर साढे सात प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर साढे पाँच प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दर सात प्रतिशत थियो ।

स्थायी तरलता सुविधा दरलाई भने साढे सात प्रतिशतमा यथावत राखिएको छ । तर तल्लो सीमाको रुपमा रहेको निक्षेप सङ्कलन दरलाई साढे चार प्रतिशत पुर्‍याइएको छ ।

त्यस्तै, नीतिगत दरको रुपमा रहेको रिपो दरलाई साढे छ प्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् निक्षेप सङ्कलन दर र नीतिगत दर घटाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  २ : ४७ बजे

रक्षा मन्त्रालय मातहतका विकास आयोजना तथा कार्यक्रमको प्रगति समीक्षा

काठमाडौं– रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित

अख्तियार बर्दिवास कार्यालयमा धनुषाका उजुरी धेरै

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासमा धनुषा जिल्लाका भ्रष्टाचारसम्बन्धी

कृषाको ‘पारस’मा निखिल र जसितापछि प्रियंकाको इन्ट्री

काठमाडौं – कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’मा नायिका

अमेरिकालाई जापानको साढे पाँच खर्ब डलर प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री

नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- विपक्षीलाई गाली नगरी चुनावी मैदानमा होमिनुस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरी चुनावी