भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेल बनाउने « Khabarhub

भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेल बनाउने


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

मस्को- भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेलको निर्माण गर्ने भएको छ । रुसको सबैभन्दा ठूलो रेल निर्माता ट्रान्समासहोल्डिङले भारतको रेल विकास निगम लिमिटेडसँग रेल निर्माणबारे शेयरहोल्डर सम्झौता गरेको हो ।

दुई संस्थाले संयुक्त रुपमा किनेत रेल्वे सोलुसन नामक कम्पनी स्थापना गरी भारतमा वन्दे भारत रेलको आपूर्ति र मर्मत गर्नेबारे सहमतीपत्रमा हस्ताक्षर गरेका हुन् । रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार उक्त कम्पनीमा रुसी ट्रान्समासहोल्डिङको ७५ प्रतिशत र भारतको रेल विकास निगमको २५ प्रतिशत शेयर रहने छ ।

यसबारे छिटे भारतीय रेल्वेसँग समझदारीपत्रमा हस्ताक्षार हुने रुसी पक्षको अपेक्षा छ । सम्झौताअनुसार उक्त कम्पनीले १२० वटा लामो दूरीका विद्युतीय रेल निर्माण गर्नेछ ।

त्यसैगरी, सम्झौताअनुसार कम्पनीले आगामी ३५ वर्षसम्म रेल सामग्रीको मर्मत गर्ने अधिकार पनि प्राप्त गर्नेछ । हाल ट्रान्समासहोल्डिङले रुसमा मल्टी युनिट रोलिङ स्टकको निर्माण, आपूर्ति र मर्मत गर्दै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ६ : ५५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि