ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा पाकिस्तानमा ५ जनाविरुद्ध उजुरी दायर « Khabarhub

ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा पाकिस्तानमा ५ जनाविरुद्ध उजुरी दायर


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा ५ जनाविरुद्ध उजुरी दायर भएको छ । पाकिस्तानको आरिफवाला क्षेत्रमा प्रहरीले ह्वाट्सएप ग्रुपमा ईशनिन्दा गरेको आरोपमा उक्त ग्रुपका तीन सदस्य र दुई जना एडमिनविरुद्ध उजुरी दर्ता गरेको हो ।

स्थानीय शान्ति समितिले उनीहरुविरुद्ध उजुरी दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।
प्रहरीले पाकिस्तानी दण्ड संहिताको धारा २९५ को उपधारा ए बमोजिम उनीहरुविरुद्ध उजुरी दर्ता गरेको डनले जनाएको छ ।

उनीहरुले ह्वाट्सएपमार्फत धार्मिक सम्प्रदायविरुद्ध घृणा फैलाएको आरोप लगाइएको छ । पाकिस्तानी ईशनिन्दा कानूनलाई निकै विवादास्पद मानिन्छ ।

ईशनिन्दा गरेको आरोपमा धार्मिक तथा साम्प्रदायिक अल्पसङ्ख्यकलाई निशाना बनाउने गरिएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले आलोचना गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १२ : ५८ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि