राष्ट्रपतिको उपचार खर्चमाथि परेको रिट दर्ता गर्न आदेश « Khabarhub

राष्ट्रपतिको उपचार खर्चमाथि परेको रिट दर्ता गर्न आदेश


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो । अधिवक्ता गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च व्यहोर्ने भनी गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गरी पौडेललाई नै उक्त खर्चको भुक्तनी गर्न परमादेश माग गर्दै गत असार २४ गते सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

१३ दिनपछि रजिष्ट्रार निर्मला पौडेलले राष्ट्रपति पौडेलको उपचार खर्च ब्यहोर्ने निर्णय सरकारको नितान्त नीतिगत विषय भएको भन्दै निवेदन दरपीठ गरेकी थिइन् ।रजिष्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष निवेदन दिएका थिए ।

राष्ट्रपति पौडेललाई छातीको समस्याको उपचारका लागि ६ वैशाखमा भारतको दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस मा लगिएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ९ : ३८ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया