मुगुका खाद्य डिपो रित्तिए : सर्वसाधारणलाई समस्या « Khabarhub

मुगुका खाद्य डिपो रित्तिए : सर्वसाधारणलाई समस्या


१२ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउन महिनाको सुरुआतमै रित्तिएका हुन् ।

गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा गत आवको स्वीकृत कोटाअन्तर्गत करिब छ सय क्विन्टल चामल जगेडा रहेको क्षेत्रका डिपो र बिक्री केन्द्रका गोदाम खाली भएका छन् । नयाँ ठेक्का टेण्डर स्वीकृत नहुँदासम्म डिपोमा चामल ढुवानी नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख पुष्कर भामले बताए । यो चालु आवको चामल ढुवानीको लागि ठेक्का टेण्डर स्वीकृत भएपछि चामल ढुवानी सुरु हुने उनको भनाइ छ ।

गोदाममा चामल हुँदा उपभोक्ताको भीड लाग्ने डिपो हिजोआज सुनसान देखिन थालेका छन् । साउनदेखि भदौ महिनासम्म जिल्लाभरका खाद्य डिपोका गोदाम खाली हुने गरेका छन् । खाद्य डिपोमा चामल सकिएपछि उपभोक्ता भने स्थानीय व्यापारीको महँगो चामल किनेर खाद्य बाध्य भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  १० : १० बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि