सन्दीप सहभागि सर्रेको सानदार जित « Khabarhub

सन्दीप सहभागि सर्रेको सानदार जित


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध सर्रे जगुवार्सले ग्लोवल टी– २० क्यानडामा दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा सर्रेले मिसिसौगा प्यान्थर्सलाई ५५ रनले हराउँदा सन्दीपले उत्कृष्ट ३ विकेट लिएका थिए ।

जितपछि सर्रे तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सर्रेले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । सर्रेका जतिन्द्र सिंहले ५७ रनको अर्धशतकीय पारि खेल्दा एलेक्स हेल्सले ३९ रन जोडेका थिए । यस्तै लिटन दासले २५ रन बनाए ।

मिसिसौगाका जोहर खानले ३ विकेट लिए । जसकरण सिंह र क्यामरन डेलपोर्टले एकएक विकेट हात पारे । १६५ रनको लक्ष्यसहित मैदान उत्रिएको मिसिसौगाले १७ ओभरमा सवै विकेट गुमाएर १०९ रनमात्रै बनाउन सक्यो । मिसिसौगालाई सस्तैतमा समेट्न सन्दीप र स्पेनसर जोनसनले तीन–तीन विकेट लिए ।

यस्तै म्याथ्यु फोर्डले २ विकेट लिँदा आयान खान र अमर खलिदले एक एक विकेट हात पारे । सन्दीपले क्यामरन डेलपोर्टलाई १२ ओभर ४ बलमा सर्वाधिक ३३ रन बनाएका बेला आउट गर्दै टिमलाई चौथो सफलता दिलाएका थिए ।

सोही ओभरको अन्तिम बलमा जेम्स निसमलाई खाता पनि खोल्न नदिइ पभेलियनको बाटो सन्दीपले देखाएका थिए ।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ८ : ०७ बजे

आज २०८२ साल माघ २९ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २९ गते बिहीबार फागुन

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको