सन्दीप सहभागि सर्रेको सानदार जित « Khabarhub

सन्दीप सहभागि सर्रेको सानदार जित


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध सर्रे जगुवार्सले ग्लोवल टी– २० क्यानडामा दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा सर्रेले मिसिसौगा प्यान्थर्सलाई ५५ रनले हराउँदा सन्दीपले उत्कृष्ट ३ विकेट लिएका थिए ।

जितपछि सर्रे तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सर्रेले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो । सर्रेका जतिन्द्र सिंहले ५७ रनको अर्धशतकीय पारि खेल्दा एलेक्स हेल्सले ३९ रन जोडेका थिए । यस्तै लिटन दासले २५ रन बनाए ।

मिसिसौगाका जोहर खानले ३ विकेट लिए । जसकरण सिंह र क्यामरन डेलपोर्टले एकएक विकेट हात पारे । १६५ रनको लक्ष्यसहित मैदान उत्रिएको मिसिसौगाले १७ ओभरमा सवै विकेट गुमाएर १०९ रनमात्रै बनाउन सक्यो । मिसिसौगालाई सस्तैतमा समेट्न सन्दीप र स्पेनसर जोनसनले तीन–तीन विकेट लिए ।

यस्तै म्याथ्यु फोर्डले २ विकेट लिँदा आयान खान र अमर खलिदले एक एक विकेट हात पारे । सन्दीपले क्यामरन डेलपोर्टलाई १२ ओभर ४ बलमा सर्वाधिक ३३ रन बनाएका बेला आउट गर्दै टिमलाई चौथो सफलता दिलाएका थिए ।

सोही ओभरको अन्तिम बलमा जेम्स निसमलाई खाता पनि खोल्न नदिइ पभेलियनको बाटो सन्दीपले देखाएका थिए ।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ८ : ०७ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन