मदनडाँगी-ताराबारी डिपु सडक निर्माण गरिँदै « Khabarhub

मदनडाँगी-ताराबारी डिपु सडक निर्माण गरिँदै


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको दमक नगरपालिकाअन्तर्गतको मदनडाँगी–ताराबारी डिपु सडक निर्माण थालिएको छ । दमक–१ र ५ वडा हुँदै दमक–४ को ताराबारी डिपुसम्मको सो सडकको शिलान्यास गरिएको छ ।

विश्व बैंकको सहयोगमा बन्न लागेको उक्त चार लेन सडकको नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले संयुक्त रुपमा शिलान्यास गरेकी हुन् । सडक शिलान्यास गर्दै नगरप्रमुख थापाले तोकिएको समयमा सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरे । 

नगरउपप्रमुख भट्टराईले सडक निर्माणका लागि रेखदेख समितिले निरन्तर काम गर्ने र कुनै गुनासो भए गुनासो सुनुवाइ समितिले सहजीकरण गर्ने उल्लेख गरिन्।

सडकको बीचमा हरियाली क्षेत्रको व्यवस्था गरिएको छ । सडकको दुवैतर्फ बिजुली बत्तीको जडान गरिने र नाला निर्माण गरिने छ । पाँच किलोमिटर लामो सो सडक निर्माणका लागि रु ४४ करोड २४ लाखमा ठेक्का सम्झौता भएको दमक नगरपालिकाका इन्जिनियर अनन्त सेनेहाङले जानकारी दिए । सडक निर्माणका लागि विश्व बैंकले नेपाल सरकारलाई सरल ब्याजदरमा ऋण उपलब्ध गराएको हो । 

विसं २०८२ असारसम्ममा सडक निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ३ : ४६ बजे

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौं– भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय

तथानाम सोधेर बाढी पीडितलाई युट्युबरले वाक्क लगाएपछि…

काठमाडौं – कन्टेन्टको लोभले रसुवा बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई