काँकडभिट्टाबाट भन्सार छलीका सामान बरामद « Khabarhub

काँकडभिट्टाबाट भन्सार छलीका सामान बरामद


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

झापा– गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।

शुक्रबार साँझ ७ः३० बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शंकास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरमा उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।

सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको उनले बताए। उनका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको विवरण संकलन गरिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

कन्टेनरभित्र बौद्धमार्गीले प्रयोग गर्ने काँसको झ्याम्टा, साबुन, हुक्कालगायत सामान रहेको उनले बताए। उनका अनुसार प्रहरीको गस्ती टोली पुग्नुअघि नै कन्टेनरका चालक फरार भएका थिए । ‘बरामद सामानको आयातसम्बन्धी कुनै बिलबीजक र राजस्व तिरेको कागजात भेटिएको छैन’, रेग्मीले भने, ‘उक्त कन्टेनर भन्सारबाट कर नतिरी भित्र्याएको हो कि होइन भन्ने बारे अनुसन्धान गरिरहेका छौँ ।’

थप अनुसन्धान गरी कानुनी कारबाही लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले उक्त कन्टेनर भन्सार भित्रबाट नआएको बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ३ : ५८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : रोचक बन्दै मकवानपुर २ को चुनावी माहौल

बागमती– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको मिति

नेकपाको मागअनुसार सिङ्गो मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चुनावी जितलाई रूढीवादी एजेन्डामा रूपान्तरण गर्दै ताकाइची

टोकियो– जापानी प्रधानमन्त्री साने ताकाइचीले आफ्नो व्यक्तिगत लोकप्रियताबाट प्राप्त चुनावी

प्रतिनिधिसभा निर्वाचन : रुपन्देही–३ मा ३६ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

देवदह– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही

लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादी चलखेल नेपालमा पनि देखियो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड