'मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो' | Khabarhub Khabarhub

‘मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो’


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा यस वर्ष किसानले अनुदानको रासायनिक मल पर्याप्त पाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको रासायनिक मल वितरण गरेपछि मलको अभाव नभएको किसानले बताएका छन् ।

अनुदानको मल सहज रुपमा पाएपछि धान रोपाइँ गरेको घोराही उपमहानगरपालिका–१ रामपुरका हिमाल चौधरीले बताए। ‘हाम्रो गाउँमा आधाभन्दा बढी धान रोपाइँ भइसकेको छ । सिँचाइको सुविधा छ, मल पनि समयमा पायौँ । धान रोपाइँ गर्न सजिलो भयो’, उनले भने । 

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका मनोज चौधरीले दुई बिघा खेतमा धान रोपेका छन् । ‘गाउँमा रहेको कृषि सहकारीमार्फत असार अन्तिम साता रासायनिक मल लिएको हो’, उनले भने, ‘मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो ।’

तुलसीपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख तीर्थराज न्यौपानेले आर्थिक वर्ष २०७९-८० मा तुलसीपुरमा युरिया मल एक हजार नौ सय ५४, डिएपी एक हजार दुई सय ८१ र पोटास ४२ मेट्रिक टन आएको जानकारी दिए। उनका अनुसार हालसम्म युरिया एक हजार नौ सय ३८ दशमलव, डिएपी दुई हजार दुई सय ३३ र पोटास ५४ मेट्रिक टन बिक्री गरिएको छ । पोटास अघिल्लो वर्षको मौज्दात रहेको जानकारी दिँदै न्यौपानेले आव २०७८-७९ भन्दा गत वर्ष समयमा मल उपलब्ध भएकाले किसानलाई वितरण गर्न सजिलो भएको बताए ।

त्यस्तै, आव २०७९-८० मा लमही कार्यालयमा धान खेतीलाई लक्षित गरेर युरिया मल एक हजार दुई सय ५३, डिएपी पाँच सय ९७ र पोटास ६३ मेट्रिक टन प्राप्त भएकामा युरिया एक हजार एक सय ८०, डिएपी पाँच सय ७०, पोटास ६४ मेट्रिक टन बिक्री गरिएको कृषि सामग्री कम्पनी लिमिटेड लमहीका प्रमुख सुस्मा बस्यालले जानकारी दिए। उनका अनुसार कृषि चुन आव २०७८-७९ को मौज्दात रहेको २० मेट्रिक टन बिक्री गरिएको हो ।

अहिले लमही कार्यालयमा युरिया ७२, डिएपी ३६ र कृषि चुन नौ मेट्रिक टन मौज्दात रहेको प्रमुख बस्यालले जानकारी दिए। देउखुरी क्षेत्रका किसानले धान रोपाइँ गरिसकेकाले मल मौज्दात रहेको उनले बताए । जिल्लामा अहिले पनि मल आउने क्रम रहेकाले मलको अभाव नहुने उनको भनाइ थियो ।

लमहीमा १८, राप्तीमा सात, गढवामा १२ र राजपुरमा पाँचवटा सहकारीमार्फत मल वितरण भइरहेको प्रमुख बस्यालले जानकारी दिए। कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टोपाराम गौतमले आर्थिक वर्ष २०७९-८० मा युरिया दुई हजार तीन सय सात, डिएपी एक हजार तीन सय, पोटास ६६ र कृषि चुन दुई हजार एक सय मेट्रिक टन आएको जानकारी दिए। 

उनका अनुसार युरिया दुई हजार दुई सय ९५, डिएपी एक हजार तीन सय सात र पोटास ९२ मेट्रिक टन सहकारीमार्फत वितरण भइसकेको छ । हाल कार्यालयमा युरिया १२, डिएपी २५ र कृषि चुन २१ मेट्रिक टन मौज्दात रहेको प्रमुख गौतमले जानकारी दिए । 

जिल्लाका तीन स्थान (घोराही, तुलसीपुर र लमही) बाट कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ४ : ५३ बजे

गोविन्द भट्टराईको प्रस्ताव : कर्मचारीलाई मात्रै होइन, राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राखौँ

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गोविन्द

अहिले संसद् र न्यायालयमा जे चलिहरेको छ, हामीले जनतासँग कबुलविपरीत छ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र

स्पेनको भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता