नेपालमा पनि विश्व बाघ दिवस मनाइयो « Khabarhub

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यस वर्ष दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । दिवसका अवसरमा शनिबार वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले पछिल्लो केही वर्षयता नेपालमा बाघको संख्यामा बृद्धि भएपनि संरक्षणमा चुनौति देखिएको बताए । जंगलको वरिपरि बस्ती रहेपनि उनले वनको उपयोगमा प्रतिबन्ध लगाउँदा स्थानीय जनतामा समस्या देखिएको धारणा राखे । उनले वनको स्रोतको उपयोग गर्दै राष्ट्रलाई समृद्ध गर्न सकिने भएकाले त्यसलाई उचित व्यवस्थापन गर्न सक्नुपर्नेमा जोड दिए ।

बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । बाघ विश्वका १३ देशमा पाइन्छन् ।

ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : २४ बजे

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका