भिरबाट खसेको ढुंगाले लागेर सल्यानमा बालकको मृत्यु | Khabarhub Khabarhub

भिरबाट खसेको ढुंगाले लागेर सल्यानमा बालकको मृत्यु


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

सल्यान- सल्यानमा ढुंगाले लागेर एक बालकको ज्यान गएको छ। शारदा नगरपालिका-९ ढिकमुनी बस्ने पूर्णबहादुर बुढाथोकीको छोरा वर्ष ११ का अर्जुनको शनिबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो।

घरदेखि करिब ५ सय मिटर उत्तरतर्फ पर्ने सुनधारा सामुदायिक वनमा साथीसँग बाख्रा चराउन गएका बेला माथिबाट खसेको ढुंगाले लाग्दा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्लाबाट खटिएका प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको र लासलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ८ : १३ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा