प्रांगारिक खेती अभियान सञ्चालन | Khabarhub Khabarhub

प्रांगारिक खेती अभियान सञ्चालन


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

चितवन– यहाँका एक किसानले प्रांगारिक खेती अभियान सञ्चालन गरेका छन् । भरतपुर महानगरपालिका वडा नं २५ शुक्रनगरका किसान छवि न्यौपानेले आफूले प्रांगारिक खेती गर्दै अरुलाई पनि अभियानमा जोडेका हुन् ।

न्यौपानेले भरतपुर–२५ मा नौ बिघा र वडा नं २८ मा सात बिघा जमिनमा प्रांगारिक तरकारी र खाद्यान्न उत्पादन गर्दै आएका छन् । उनले प्रांगारिक मल र विषादी आफैँले बनाएर प्रयोग गर्ने गरेका छन्

मौसमअनुसारको तरकारीसँगै उनले खाद्यान्नबाली धान, गहुँ, मकै, तोरी लगाउने गरेको छ । उनले गोठे मल, कम्पोष्ट मल, जीवामृत, पञ्चामृत, वेष्ट डिकम्पोजर, निमास्त्रजस्ता मल र विषादी आफैँले उत्पादन गर्दै आएको बताए । विसं २०७४ देखि तरकारीखेती सुरु गरेका उनी त्यसको दुई वर्षपछि पूर्णरुपमा प्रांगारिक खेतीतर्फ लागेका हुन् ।

उनका अनुसार वस्तुको आलो गोबर र पिसाबबाट जीवामृत बनाउने गरिन्छ । त्यसमा दालको पिठो, भेली, अक्सिजन दिने रुख मुनिको माटो मिसाएर जीवामृत बनाइन्छ । यसले माटोलाई मलका रुपमा परिणत गर्दछ । मौसमअनुसार १५ देखि २२ दिनसम्म राखेपछि यो तयार हुन्छ । यसलाई भाडोमा राखेर ‘स्प्रे’ गरिन्छ ।

उनले धनजीवामृत बनाएर मलको काम गराउँदै आएका छन् । यसमा जीवामृतमा प्रयोग हुने सामग्रीमा पिना र उखुको छोक्रा मिलाएर ४५ दिन राखेपछि तयार हुन्छ । यसले मलको काम गर्दछ । बोटको डाँठ र जरालाई बलियो बनाउन पञ्चामृत उनी आफैँले बनाउँछन् । यसले धेरैभन्दा धेरै फूल फुलाउने, फूल र बतिला झर्नबाट जोगाउने गर्दछ । एउटा भाँडोमा आलो गोबर घिउ मिसाएर चार पाँच दिन राख्ने गरिन्छ । यसैगरी अर्को भाडामा दूध, दही, केरा, भेली, हरियो नरिवलको पानी, बजारको केमिकल युक्त दाना नखाएको गाईको पिसाब, घोलेर चार पाँच दिन राखिन्छ । दुवैलाई मिसाएर ड्रममा बिर्को लगाएर २०-२२ दिन राख्नुपर्ने उनी बताउँछन्। दैनिकरुपमा यसलाई चलाउनुपर्छ । यसले पोषणको काम गर्दछ ।

‘वेष्ट डिकम्पोजर’ उनले बनाउने गरेका छन् । यसको मुख्य बीउ भारतबाट आउँछ । त्यो गाईको पिसावबाट बनेको हुन्छ । त्यसमा भेली र पानी हालेर राखेर बनाउनुपर्छ । दुई सय लिटर पानीको ट्यांकीमा यो झोल १० लिटर र दुई किलो भेली मिसाएर बढीमा १० दिनमा तयार गरिन्छ । न्यौपानेले यसले बालीको जरालाई स्वस्थ बनाउने र हानिकारक किटाणुसँग लड्न सहयोग पुर्‍याउने बताए ।

किरा नियन्त्रणका लागि उनले निमास्त्र बनाउने गरेका छन् । निमको पात, तितेपाती, सीताफलको पात, गाईको शुद्ध पिसाब मिसाएर एक महिना राखेपछि छानेर यसमा पानी थपेर बालीमा प्रयोग गरिन्छ । ढुसीका लागि आँकको पात, गाईको पिसाब बाक्लो हुने गरी पकाउने, अर्को भाँडामा मेवाको पात र पिसाब पनि बाक्लो हुने गरी पकाउने तथा सेलाएपछि दुवै मिसाउने गरिन्छ । यसमा घरको शुद्ध बेसार, पिरो खुर्सानीको लेदोसमेत मिसाएर एक हप्ता राख्ने गर्नुपर्छ । एक हप्तापछि लसुनको लेदो बनाएर मिसाउनु पर्छ । यसलाई ड्रममा राखेर १५ देखि २० दिनसम्म दैनिक घोलेपछि यो तयार हुन्छ ।

दुई सय ५० मिलिलिटर यो झोल १६ लिटर पानीमा मिसाएर छरेपछि ढुसी नियन्त्रण हुने न्यौपाने बताउँछन् । यसरी आफैँले विभिन्न मल र औषधि तयार गरेर तरकारी तथा खाद्यान्न उत्पादन गर्दै गर्दा वर्षमा रु ३० लाख हाराहारीको बिक्री गर्न सकेको उनले बताए । उनले जग्गाको अवस्था हेरेर प्रतिकट्ठा एक वर्षको रु एक हजार दुई सयदेखि रु चार हजारसम्म तिर्ने गरी भाडामा लिएर खेती गर्दै आएका छन् । प्रांगारिक खेती भएकाले अन्यको तुलनामा २० प्रतिशत हाराहारी बढी मूल्यमा उहाँले तरकारी तथा खाद्यान्न बिक्री गर्छन् ।

यहाँको उत्पादन बागलुङ, पोखरा र काठमाडौँ जाने गरेको छ । उनले मकैको च्याख्ला बनाएर बिक्री गर्दै आएका छन्  । आफ्नो वडालाई कम्तीमा ‘विष पकाउन छोड’ भन्ने अभियान उनले सुरु गरेका छन् । स्थानीय २१ घरधुरीलाई रोजगारी दिलाउँदै आएका न्यौपाने प्रांगारिक उत्पादनको महत्व अझै बुझाउन नसकेको बताउँछन् । 

रासायनिक मल र विषादी प्रयोग गरेको तुलनामा सस्तोमा आफूले उत्पादन गर्न सकेको उनको भनाइ छ । उनले भने, ‘मलाई महँगोमा बेच्नै पर्दैन, किनभने मेरो उत्पादन लागत नै सस्तो छ ।’ आफैँले मल र औषधि उत्पादन गर्ने भएकाले कम खर्चमा उत्पादन धेरै गर्न सकेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १ : २६ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद् अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि