हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको अन्तरिम आदेश


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा आइतबार बहसपछि सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ।

नाट्टाले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय गैरकानुनी र अव्यवहारिक भएको भन्दै यसले नेपालको पर्यटन उद्योगलाई थप संकटमा पार्ने बताएको थियो। 

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ०८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको