हुप्सेकोटका दूध उत्पादक किसानलाई अनुदान « Khabarhub

हुप्सेकोटका दूध उत्पादक किसानलाई अनुदान


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर १० अनुदान दिने भएको छ । किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८-७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत प्रतिलिटर रू १० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार गत आवमा प्रतिलिटर रू पाँच अनुदान दिइएको थियो ।

अनुदान रकम साना किसानसम्म पुर्‍याउन एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणका आधारमा प्रदान गरिने अध्यक्ष पाण्डेले बताए। ‘गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीले उपलब्ध गराएको वार्षिक तथ्याङ्कको आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ’, उनले भने, ‘किसानलाई प्रोत्साहन गरी गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यस आव देखि शतप्रतिशत अनुदान रकम वृद्धि गरेका छौँ ।’

गत आवमा दुई सहकारी संस्थामार्फत किसानलाई अनुदान उपलब्ध गराइएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताए । कुल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर पाँचका दरले दुई लाख ८६ हजार छ सय १९ प्रदान गरिएको उनले जानकारी दिए।

‘गत वर्ष सहिद प्रदुक बहुउद्देश्य सहकारी संस्थालाई २२ हजार १६ लिटर दूधबापत रू एक लाख १० हजार ८० र साना किसान कृषि सहकारी संस्थालाई रू ३५ हजार तीन सय सात लिटर दूधका लागि रू एक लाख ७६ हजार पाँच सय ३९ उपलब्ध गराएका हौँ’, उनले भने । 

यस वर्ष गत वर्षको तुलनामा बढी दूध उत्पादन हुने अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले बताए । ‘पालिकालाई दुग्ध उत्पादमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्’, उनले भने ‘यहाँको पहाडी क्षेत्रमा पशुपालन गर्ने किसान कम भएकाले दूध उत्पादन कम भएको हो । यस वर्ष किसानको सङ्ख्या पनि बढ्ने अनुमान गरेका छौँ ।’

चालू आवमा ‘दूधमा अनुदान कार्यक्रम’अन्तर्गत पाँच लाख बजेट विनियोजन गरिएको अधिकृत घिमिरेले जानकारी दिए । किसानका पक्षमा पालिकाले काम गरिरहेको यहाँका पशुपालक किसानले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रम सबैका लागि अनुकरणीय रहेको किसान जीवन लम्सालले बताए । यस्ता कार्यक्रमले साना किसानलाई प्रोत्साहन मिलेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ३ : २१ बजे

सांसद दुलालले भने : समाचार लेखेकै कारण पत्रकार आतंकित बनाउन पाइँदैन

काठमाडौं- नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारमाथि

प्रधानमन्त्री नेतान्याहुको चेतावनी- हिजबुल्लाहविरुद्ध इजरायलले आक्रमण तीव्र बनाउने

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानस्थित हिजबुल्लाह विरुद्ध सैन्य आक्रमण अझ

अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य

काठमाडौं- श्रम संस्कृति पार्टीले मातहतका सबै कमिटिका कार्यक्रममा प्रयोग हुने

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौं– नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा

पाकिस्तानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव, अब्राहम सम्झौतामा नजोडिने

इस्लामावाद- पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तान अब्राहम अकॉर्ड्समा सामेल