बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु | Khabarhub Khabarhub

बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान सुरु भएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै उक्त अभियान शुभारम्भ गरेका हुन् । उनले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रूपमा स्थापित गर्नका लागि चालु आर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, हरियाली बनाउने र भित्री सडकहरुलाई समेत उज्यालो बनाउँदै रात्रिकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताए । 

उपमहानगरप्रमुख पाण्डेले बुटवल बजार क्षेत्रलाई उपयुक्त पर्यटकीय विश्रामस्थलका रूपमा विकास गर्ने गरी योजना अगाडि बढाइएको जानकारी गराए। 

उनले हरियाली र उज्यालो सहर बनाउन  आर्थिक वर्ष २०८०-८१ का लागि पर्याप्त बजेट विनियोजन गरिएको र यसअन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यका लागि रु एक करोड ९० लाख र एक घर तीन रुख कार्यक्रमका लागि रु १२ लाख छुट्याइएको छ भने।  

अभियानका क्रममा मुख्य सडकको डिभाइडरमा बेगम बेली एक हजार, क्यालियान्ड्रा, हेमिलिया, करबिर, इक्जोराका तीन-तीन सय बिरुवा रोपिनेछ । त्यसबाहेक अन्य क्षेत्रमा गुलमोहरका एक सय बिरुवा रोप्ने र अन्य क्षेत्रमा फूल र फलफूलका बिरुवा रोप्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताए । 

यस्तै यही २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा बिरुवा संरक्षण, सौन्दर्यीकरण गर्नाका साथै  बाँकी क्षेत्रमा पनि उक्त अभियानलाई निरन्तरता दिइने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । 

सरसफाइ तथा वृक्षरोपणमा   उपमहानगरका जनप्रतिनिधि,  कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक सङ्घसंस्था, राजनीतिक दल, स्वयंसेवी संस्था, क्लबका पदाधिकारी सहभागी थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ३ : ५५ बजे

एसिया कप : श्रीलंकासँग अफगानिस्तान पराजित हुँदा बंगलादेश सुपर फोरमा

काठमाडौं – गएराति भएको खेलमा श्रीलंकासँग पराजित भएसँगै अफगानिस्तान एसिया

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक  : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

खोटाङ– राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार