विश्व पौडी च्याम्पियनसिपको अन्तिम दिन अमेरिकालाई सफलता | Khabarhub Khabarhub

विश्व पौडी च्याम्पियनसिपको अन्तिम दिन अमेरिकालाई सफलता


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

अन्तिम दुई स्वर्ण पदकमा अमेरिकी खेलाडीले सफलता हासिल गरेसँगै विश्व पौडी च्याम्पियनसिप सम्पन्न भएको छ । मेरी ओ कागलान, एरियन टिटमस, केली म्याककोन र साइना ज्याकको शानदार प्रदर्शनसहित अस्ट्रेलिया यस पौडी च्याम्पियनसिपमा सनसनी फैलाउन सफल भयो । त्यसो त यस प्रतियोगितामा चिनियाँ पौडीबाज कीनको उपस्थिति अस्वाभाविक थियो । उनी ब्रेस्टस्ट्रोक विधाका तीनवटै स्पर्धामा प्रथम भए । यसमा २ सय मिटरको विश्व कीर्तिमान पनि समावेश छ ।

अमेरिकाका लागि प्रतियोगितामा ७ वटा स्वर्ण पदक जित्नु सन्तोषजनक भने होइन । त्यसमा पनि एक स्वर्ण पदक ओलम्पिक इभेन्टभन्दा बाहिरको थियो । अमेरिकाको यो असफलतामा लिली कीङ, टोरी हस्क र ग्लेचन वाल्सको अन्डर पार प्रदर्शन रहेको थियो ।

सिङ्गो अमेरिकी टोलीमा केटी लेडेकीले आफ्नो दुई प्रमुख स्पर्धामा स्वर्ण पदक जितिन् भने ४ सय मिटर फ्रिस्टाइल तथा ४ गुणा २ सय मिटर फ्रिस्टाइलको रजत पदक उनका लागि चित्तबुझ्दो थियो ।

यस पटक अन्य पौडीबाजको प्रदर्शन सन्तोषजनक नभए पनि रेन मर्फीको प्रदर्शन अमेरिकाका लागि उत्साहप्रद भयो । स्वर्ण जित्ने अपेक्षा गरिएको २ सय मिटर ब्याकस्ट्रोकमा उनले रजतमा चित्त बुझाउन बाध्य भए । परन्तु, १ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेका उनले पुरुष मेड्ली रिलेमा पनि आफ्नो टोलीलाई स्वर्ण पदक दिलाए । उनले मिश्रित रिलेमा पनि शानदार प्रदर्शन गरे । यद्यपि फ्लाइ लेगमा टोरी हस्कको अत्यन्त कमजोर प्रदर्शनका कारण अमेरिका पराजित भएको थियो ।

यस पटकको पौडी च्याम्पियनसिपमा अमेरिकी टोली ८ मध्येका २ वटा रिलेमा मात्र सफल भयो । महिलाको दुवै फ्रिस्टाइल रिलेमा अस्ट्रेलिया अन्य धेरै देशभन्दा अघि थियो । तर, पुरुष चार गुणा २ सय मिटरमा लुक हब्सन, चार गुणा १ सय मिटरमा रेन हेल्ड तथा मिश्रित मेड्लीमा हस्कको प्रदर्शन अमेरिकाका लागि महँगो साबित भयो ।

म्याककोनले रेगन स्मिथलाई तीनवटै ब्याकस्ट्रोक स्पर्धामा पराजित गरिन् । १ सय मिटरमा पहिलो पराजयको सामना गर्दै रजत पदकमा सीमित भएकी रेगन ५० मिटरको सेमिफाइनलको प्रदर्शन फाइनलमा कायम राख्न सकिनन् ।

म्याककोनका लागि त्यो अस्वाभाविक स्वर्ण पदक थियो । २ सय मिटरको स्पर्धामा १ सय मिटरसम्म स्मिथ विश्व कीर्तिमानको अवस्थामा थिइन् । १ सय ५० मिटर पार हुँदा पनि उनले नै अग्रता लिएकी थिइन् । यद्यपि अन्तिम ल्यापमा म्याककोनले उनलाई पछि छाड्दै स्वर्ण पदक जित्न सफल भइन् । २ सय मिटर बटरफ्लाइमा भने स्मिथको प्रदर्शन कमजोर थियो । सोही कमजोर प्रदर्शनका कारण उनी काँस्य पदकमा सीमित भइन् ।

पहिलो दिन ४ सय मिटरमा काँस्य पदकमा सीमित विश्व कीर्तिमानधारी समर म्याककन्टोस अर्को दिन २ सय मिटर मेड्लीमा पनि अयोग्य घोषित भइन् । २ सय मिटरमा अस्ट्रेलियाकी कागालान र टिटमसभन्दा पछि रहँदै काँस्य पदकमा सीमित उनी अन्तिममा भने फर्ममा फर्कँदै २ सय मिटर बटरफ्लाई र ४ सय मिटर मेड्लीको स्वर्ण पदक जित्न सफल भइन् ।

अमेरिकी महिला पौडीबाजमा सबैभन्दा सफल केटी डगलस भइन् । उनले १ सय मिटर फ्रिस्टाइलमा कुनै पदक जितिनन् । यद्यपि महिला मेड्ली रिले र मिश्रित रिलेमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । यसैगरी, महिला १ सय मिटर फ्रिस्टाइलको फाइनललगत्तै भएको २ सय मिटर ब्रेस्टस्ट्रोकमा उनले रजत पदक जितेकी थिइन् । उनले फ्रिस्टाइल त्यागेको भए ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जित्ने सम्भावना रहेको धेरैको बुझाइ छ । उनले २ सय मिटर व्यक्तिगत मेड्लीमा स्वर्ण पदक जितेकी थिइन् ।

यस विश्व च्याम्पियनसिपमा केही नयाँ अमेरिकी खेलाडीका पहिचान पनि भएको छ । डारे रोज र ज्याक एलेक्सी यस च्याम्पियनसिपअघि स्थापित नाम थिएनन् । अमेरिकी छनोटमा विश्व कीर्तिमानधारी केलेब ड्रेसेल अत्यन्त खराब लयमा थिए । त्यसपछिका अर्का दुई बटरफ्लायर माइकल एन्ड्रयु र सेन कासास पनि लयमा थिएनन् । यी सबै खेलाडी लयमा नभएको समयमा रोज १ सय मिटर बटरफ्लाइमा छनोट भएका थिए । उनले आफ्नो व्यक्तिगत प्रदर्शनमा एकपछि अर्को सुधार गर्दै काँस्य पदक जिते । उनी पुरुष मेड्ले रिलेमा स्वर्ण पदक जिताउन पनि सफल भए ।

यसैगरी ज्याक एलेक्सीले पनि कुनै व्यक्तिगत पदक पाउने कसैको अपेक्षा थिएन । उनी विश्व च्याम्पियनसिपमा आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्दै पहिलो चरणबाट अघि बढेका थिए । फाइनलमा अस्ट्रेलियाका स्टार केल चाल्मर्स भन्दा केही पछि रहँदै उनले रजत पदक जिते ।

५० मिटर फ्रिस्टाइलमा पनि उनी अस्ट्रेलियाका क्यामरुन म्याकइनभोयभन्दा पछि रहँदै रजत पदक जिते । आगामी दिनमा अमेरिकी टोलीमा भरपर्दा स्प्रिन्ट फ्रिस्टाइलरको रूपमा उनको स्थान रहने निश्चित छ । यसैगरी, थोमस हेलम्यान २ सय मिटर बटरफ्लाइमा चौथो स्थानमा रहे । १६ वर्षीय उनी १ सय मिटरमा भने कमजोर प्रदर्शन गर्न पुगे ।

अर्को वर्ष अमेरिकाका रोज, एलेक्सी र हेलम्यान हेर्न लायक स्टारको रूपमा रहने धेरेको अनुमान छ । यस विश्व च्याम्पियनसिपमा फ्रान्सेली लियोन मार्चन्ड एक विश्व कीर्तिमान सहित ३ स्वर्ण पदक जितेर पुरुष तर्फका उत्कृष्ट खेलाडी भए । उनले ४ सय मिटर व्यक्तिगत मेड्लीमा बेइजिङ ओलम्पिक २००८ देखि माइकल फ्लेप्सको नाममा रहेको विश्व कीर्तिमान भङ्ग गर्दै स्वर्ण पदक जिते ।

२ सय मिटर व्यक्तिगत मेड्लीमा उनी इतिहासकै तेस्रो छिटो समयमा पौडिँदै स्वर्ण पदक जित्न सफल भए भने २ सय मिटर बटरफ्लाईमा पनि स्वर्ण पदक जित्न सफल भए ।

महिलातर्फ छाएकी कागालनले २ सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान सहित स्वर्ण पदक जितिन् । यसैगरी, १ सय मिटर फ्रिस्टाइलमा पनि उनले स्वर्ण पदक जितिन् । दुईवटै फ्रिस्टाइल रिलेमा उनले आफ्नो टोलीलाई विश्व कीर्तिमानसहित स्वर्ण पदक दिलाइन् । उनले आफ्नो टोलीलाई मिश्रित मेड्ली रिलेमा रजत तथा मिश्रित फ्रिस्टाइल रिलेमा स्वर्ण पदक दिलाइन् ।

ट्युनिसियाका अहमद हफनाउ यस विश्व च्याम्पियनसिपका अर्का नायक भए । उनी १५ सय मिटर फ्रिस्टाइलमा इतिहासकै दोस्रो उत्कृष्ट समयका साथ स्वर्ण पदक जित्न सफल भए । ४ सय मिटर फ्रिस्टाइलमा भने उनी शून्य दशमलव शून्य दुई सेकेन्डले पछि रहँदै रजतमा सीमित रहेका थिए । ८ सय मिटरमा पनि उनले स्वर्ण पदक जिते ।

अमेरिकाले सन् १९९५ को विश्व च्याम्पियनसिपमा कमजोर प्रदर्शन गरेका थियो । त्यसपछि सन् २०१५ मा कजानमा भएको विश्व च्याम्पियनसिपमा पनि अमेरिकाले कमजोर प्रदर्शन गरेको थियो ।

आगामी वर्ष दोहामा हुने विश्व च्याम्पियनसिपमा भने संसारका सबै स्टार सहभागी नहुने अनुमान छ । सोही वर्ष ओलम्पिक खेलकुद पनि आयोजना हुने भएकाले धेरै जना ओलम्पिकमा मात्र केन्द्रित हुने र विश्व च्याम्पियनसिपमा सहभागी नहुने अनुमान गरिएको हो ।

अगस्ट महिनामा एथलेटिक्सको विश्व च्याम्पियनसिप पनि आयोजना हुँदै छ । सो विश्व च्याम्पियनसिपपछि विश्व खेलकुदमा अमेरिकाको स्तर तय हुने छ । यस वर्षको एथलेटिक्समा सिड्नी म्याकगाउलीनले ४ सय मिटर हर्डल्स र ४ सय मिटर दौड दुवैमा आफूलाई कसरी प्रस्तुत गर्ने हुन् भन्ने चासोको विषय हुने अपेक्षा छ ।

यसै गरी स्प्रिन्टमा अमेरिकाको उदय र साकारी रिचर्डसन १ सय र २ सय मिटरमै सहभागिता जनाउने छिन् । यस च्याम्पियनसिपले आगामी वर्षको ओलम्पिकको पनि अनुमान गर्न केही आधार तयार गर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : १३ बजे

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस

ललितपुर मेयरर्स कपको फाइनल आज, एपीएफ र सुदूरपश्चिम भिड्ने

काठमाडौं– ललितपुर मेयरर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल

सिँचाइ आयोजनाले बाख्रापालकलाई गोठ सुधारमा सघाउँदै

कैलाली– कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

रोचक समीकरणमा आईपिएल : आज जिते चेन्नई प्लेअफमा, हारे गणितले गर्छ भाग्य निर्धारणा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)मा प्लेअफ पुग्ने अन्तिम टोलीको

जाभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गर्ने तयारी