पर्याप्त पानी नपर्दा रोपाइँमा ढिलाइ « Khabarhub

पर्याप्त पानी नपर्दा रोपाइँमा ढिलाइ


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन – पर्याप्त पानी नपर्दा आकाशे पानीको भरमा रोपाइँ गर्ने किसान चिन्तित भएका छन् । नारायणी लिफ्ट सिँचाइको पानी पनि पर्याप्त मात्रामा नचल्दा पश्चिम चितवनका किसानले धान रोप्न पाएका छैनन् । सिँचाइको अभावका कारण समयमा धान रोपाइँ गर्न नपाउँदा ब्याडमै बीउ बुढिएपछि उनीहरू चिन्तित भएका हुन् ।

विशेषगरी भरतपुर महानगरपालिकाका किसान बीउ बुढिँदै गएपछि चिन्तित बन्न थालेका छन् । अहिले भरतपुर महानगरपालिकामा ६० प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि ज्ञानकेन्द्र चितवनको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा कम भरतपुर महानगरपालिकामा भएको कार्यालयकी कृषि अधिकृत सुरुचि त्रिपाठीले जानकारी दिए ।

उनले भने “सिँचाइको अभावका कारण बीउ बुढियो भन्दै दैनिक दुई तीन जना किसान कार्यालय आउने गर्नुभएको छ ।” सिँचाइका लागि बोरिङको माग गर्दै किसानहरू कार्यालय आएको उहाँले जानकारी दिए। भरतपुर महानगरपालिका–४, ५, १४, १५, १९, २० र २२ मा अहिलेसम्म पनि रोपाइँ हुनसकेको छैन । समयमा रोपाइँ नहुँदा उत्पादनमा कमी आउने उनको भनाइ छ ।

कार्यालयको तथ्याङ्कअनुसार खैरहनी र राप्ती नगरपालिकामा शतप्रतिशत, रत्ननगर नगरपालिकामा ८५ प्रतिशत, कालिका नगरपालिकामा ८० प्रतिशत र माडी नगरपालिकामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाभित्र नारायणी लिफ्टबाट सिँचाइ हुने क्षेत्रमा रोपाइँ ढिला भएको हो । नारायणी लिफ्टले पानी समयमा नछोड्दा रोपाइँ हुनसकेको छैन ।

नहरमा पर्याप्त मात्रामा पानी नछोड्दा सिँचाइको अभावले रोपाइँ ढिलाइ भएको भरतपुर–१४ का किसान सपना विकले बताउनुभयो । करिब दुई बिघा क्षेत्रफलमा धान रोप्नुपर्ने भए पनि सिँचाइको अभावले बीउ बुढिएको उनले गुनासो गरे ।

बीउ ४५ दिनभन्दा बढीको भइसक्दा समेत धान रोप्न नपाएको गुनासो शिवनगरकै राजन शर्माले गर्नुभयो । गत वर्ष यो समयमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । नारायणी लिफ्ट सिँचाइ उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटका अनुसार विद्युत् आपूर्तिका कारण ठूलो पम्प नचलेकाले समस्या भएको हो । आठ दिनसम्म सानो पम्प मात्रै चलेको र आजदेखि ठूलोसमेत चलेकाले क्रमशः रोपाइँ हुँदै जाने उनले बताए ।

जिल्लामा २२ हजार नौ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । यहाँ सावा मन्सुली, सावित्री, रामधान, हाइब्रिड, राधाचार जस्ता धान रोप्ने गरिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ८ : २७ बजे

प्रधानमन्त्रीबिनाको सर्वदलीय बैठक औचित्यहीन : भीम रावल

काठमाडौं- पूर्वउपप्रधानमन्त्री तथा वामपन्थी नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा

महाकालीमा पानीको बहाव बढ्यो : बनवासा पुलमा आवागमन प्रभावित

महेन्द्रनगर– महाकाली नदीमा पानीको बहाव बढेपछि आज  बिहानैबाट कञ्चनपुरको गड्डाचौकी

पोखरामा पनि व्यवस्थापन गरिँदै बाढीमा बगेकाको शव (तस्बिरहरू)

काठमाडौं– तनहुँ, गोरखा, धादिङ, पूर्वी नवलपरासीबाट ल्याइएका १ सय २

कोलम्बियामा सैन्य कारबाही : २० विद्रोहीको मृत्यु, पाँच पक्राउ

बोगोटा- कोलम्बियाको विद्रोही प्रभावित क्षेत्रमा सरकारी सेनाले गरेको हवाई कारबाहीमा २०

भोटेकोशी बाढी : ज्यान गुमाएका ४६ जनाको शव गोकर्ण जंगलमा मध्यराति गाडियो

काठमाडौं- रसुवास्थित भोटेकोशीमा बुधबार बिहान आएको भीषण बाढीबाट ज्यान गुएमाकामध्ये