चीनको पीएमआई ४ महिनादेखि निरन्तर ओरालो | Khabarhub Khabarhub

चीनको पीएमआई ४ महिनादेखि निरन्तर ओरालो


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- यस वर्षको जुलाई महिनामा चीनको विनिर्माण क्षेत्र थप सङ्कुचित भएको तथ्याङ्क सार्वजनिक भएको छ । विगत चार महिनादेखि यो निरन्तर ओरालोमा छ ।

चीनको नेशनल ब्यूरो अफ स्टाटिस्टिक्स (एनबीएस) का अनुसार ‘म्यानुफ्याक्चरिंग पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई)’ ४९.३ मा झरेको छ । यो विस्तार र सङ्कुचनलाई छुट्याउने ५० अङ्कभन्दा कम हो ।

निर्माणसम्बन्धी गतिविधि जुलाईमा जूनको ४९।० को तथ्याङ्कभन्दा सामान्य बढी भए पनि यसमा सामान्य वृद्धि भएको छ । यो वृद्धि ब्लुमबर्ग सर्वेक्षणको पूर्वानुमानभन्दा राम्रो देखिएको छ ।

एनबीएसका तथ्याङ्कविद् झाओ किङ्हेले भने, “विनिर्माण समृद्धिको समग्र स्तरमा सुधार भइरहेको छ ।”

चीनले कोभिड–१९ पछिको पुनरुत्थानको गति कम हुँदै जाँदा र उपभोक्ताको खर्चमा आएको सुस्तताका कारण आर्थिक वृद्धिमा सुधार ल्याउन सङ्घर्ष गरिरहेको छ ।

सेवा र निर्माण क्षेत्रमा व्यावसायिक भावना मापन गर्ने गैर–विनिर्माण पीएमआई जुनमा ५३.२ प्रतिशत रहेकोमा जुलाईमा ५१.५ प्रतिशत विन्दुमा झरेको छ । यसो हुनुमा चिनियाँ पुँजी बजार सेवाहरू र रियल इस्टेटका गतिविधिमा आएको सङ्कुचन जिम्मेवार रहेको देखिएको छ ।

हालैका महिनाहरूमा निराशाजनक आर्थिक तथ्याङ्कहरूले अधिकारीहरूलाई नयाँ आर्थिक समर्थन उपायहरू अनावरण गर्न उत्प्रेरित गरेको छ ।

सरकारले सोमबार उपभोग बढाउन २० बुँदे योजना सार्वजनिक गरेको छ, जसमा आवासको माग, संस्कृति र पर्यटन क्षेत्र र विद्युतीय सवारी जस्ता हरित खपतका लागि थप सहयोग समावेश छन् ।

यसै महिना चीनले दोस्रो त्रैमासिकमा आफ्नो अर्थतन्त्र ६.३ प्रतिशतले वृद्धि भएको बताएको थियो, जुन विश्लेषकहरूको सर्वेक्षणको आधारमा एएफपीले गरेकोे ७.१ प्रतिशतको प्रक्षेपणभन्दा निकै कमजोर थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : ५१ बजे

भक्तपुरका नेवार समुदायले मनाए ‘सकिमना पुन्ही’ (फोटो फिचर)

काठमाडौं– नेवार समुदायले कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही मनाएको छ

गृहमन्त्रीलाई सुधन गुरुङको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

रुपन्देही – भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन

काठमाडौंमा आज विप्लवको जनप्रदर्शन

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा

जसपा केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक