संसद विकास कोषविरुद्धको रिटमा आज पेसी « Khabarhub

संसद विकास कोषविरुद्धको रिटमा आज पेसी


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बजेट मार्फत ब्युँताएको स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम (सांसद विकास कोष) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजका लागि पेसी तोकिएको छ ।

सांसद विकास कोषको औचित्यमा सरकारको जवाफ मागेको इजलासले अन्तरिम आदेशका लागि आज पेसी तोकेको हो ।

अन्तरिम आदेशको छलफलका लागि आज दुवै पक्षलाई डाकिएको छ । अब दुवै पक्षको बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने नपर्ने सम्बन्धमा निर्णय गर्नेछ । यसअघि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमविरुद्धको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।

अधिवक्ता सागर बराल, सौगातराज बराल र कानुनका विद्यार्थी अविनेश अधिकारीले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

सरकारले राज्यकोषबाट छुट्याएको यो रकम संविधानको मर्म र भावना विपरीत भएकाले रिटमा खारेजीको माग गरिएको छ। रिटमा सरकारको निर्णय विभेदकारी र स्वेच्छाचारी भएको जिकिर गरिएको छ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले एउटा निर्वाचन क्षेत्रका लागि पाँच करोड रुपैयाँ वितरण हुने व्यवस्था गरेको छ। सांसदहरूले विकासका नाममा खर्च गर्न पाउने यो रकमको चरम दुरुपयोग भएको भन्दै आलोचना भएपछि दुई वर्षअघि खारेज गरिएको थियो।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ८ : ०८ बजे

अख्तियारमा माधव नेपालको बयान- ‘कुनै गलत काम गरेको छैन’

काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरस्थित फलफूल फार्मको जग्गा सट्टापट्टासम्बन्धी

जापानी कम्पनी जेटीआईको रूसी सम्पत्ति कब्जा गर्ने पुटिनको आदेश

मस्को – रुसले जापानी बहुराष्ट्रिय कम्पनी जापान टोबाको इन्टरनेसनल (जेटीआई)

प्रधानमन्त्री बालेनलाई विदेश सचिव मिस्रीले दिए भारत भ्रमणको निम्तो

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार

अर्थ समाचार : सर्वसाधारणले किने सुनचाँदीका सिक्का, राहत कोषमा १८ अर्ब जम्मा, गहुँको मूल्य बढ्यो र क्यानाडाले ल्यायो नयाँ बजेट

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहरु) नेपाल राष्ट्र बैंकको टक्सार

सभापति लामिछानेसँग भारतीय विदेश सचिव मिस्रीको भेट

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल