बङ्गलादेशमा डेंगुका कारण जुलाईमा दुई सयभन्दा बढीको मृत्यु « Khabarhub

बङ्गलादेशमा डेंगुका कारण जुलाईमा दुई सयभन्दा बढीको मृत्यु


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले सोमबार डेंगुका कारण थप चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय डीजीएचएसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर यो वर्ष हालसम्म डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८३२ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत असारमा पाँच हजार ९५६ जनामा सङ्क्रमण भएको देखिएको थियो । जुलाईमा थप ४३ हजार ८५४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा ढाकामा एक हजार १६८ सहित दुई हजार ६९४ जना नयाँ बिरामी फेला परेका छन् ।

यस वर्षको जनवरीदेखि जुलाईसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर ४२ हजार १९५ जना बिरामी घर फर्केका छन् । डेंगुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न उपायहरू कडा पारेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ६ : ४९ बजे

उषाकिरणले भनिन्ः महाधिवेशनले ‘जे छ ठिकै छ’ भन्ने निर्णय दियो

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना