बढ्न थाले चिनियाँ पर्यटक « Khabarhub

बढ्न थाले चिनियाँ पर्यटक


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ महामारीपछि सुस्ताएको चिनियाँ पर्यटकको आगमन बढ्न थालेको छ ।

महामारी सुरु हुनुभन्दाअघि कूल पर्यटक आगमनमा १० देखि १५ प्रतिशतसम्म चिनियाँ पर्यटक नेपाल आउने गरेकोमा त्यसपछि भने सुस्ताएको थियो । सन् २०२३ को पछिल्ला महिनामा चिनियाँ पर्यटक आगमन बढ्न थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार महिनाको जुलाई महिनामा पाँच हजार छ सय ९३ चिनियाँ पर्यटक नेपाल भित्रिएका छन् । यो जुलाईमा आएका कूल पर्यटकको सङ्ख्याको नौ दशमलव नौ प्रतिशत हो । सन् २०२२ को जुलाईमा भने एक हजार पाँच सय ९३ चिनियाँ पर्यटक आएका थिए ।

बोर्डका अनुसार सन् २०२३ को सात महिनामा पाँच लाख ३४ हजार दुई सय सात विदेशी पर्यटक भित्रिएका छन् । जुलाई महिनामा मात्रै हवाई मार्ग भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या २९ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ । यस वर्षको जुलाईमा ५७ हजार सात सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने सन् २०२२ को सात महिनामा कूल ४४ हजार चार सय ६२ विदेशी पर्यटक नेपाल आएका थिए ।

चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई समावेश गरेपछि चिनियाँ पर्यटकको सङ्ख्या बढ्न थालेको हो । गत मार्च १५ तारिखमा चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रकाशित गरेको सूचीमा नेपाललाई समावेश गरिएको थियो ।

गत महिना पोखरामा भएको चिनियाँ ड्रागन बोट रेस फेस्टिभल आयोजना गरिएको थियो । सो अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चीनको छेन्दुबाट अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरिएको थियो । चिनियाँ उडान सहज भएको र सीमानाका पनि खुलेकाले चिनियाँ पर्यटकको आगमन विस्तारै बढिरहेको बोर्डले उल्लेख गरेको छ ।

बोर्डका अनुसार जुलाईमा सबैभन्दा बढी भारतबाट २१ हजार तीन सय ५७, चीनबाट पाँच हजार छ सय ९३, अमेरिकाबाट पाँच हजार पाँच सय ६१, बेलायतबाट तीन हजार छ सय ३० र बङ्गलादेशबाट दुई हजार ६ सय ९४ पर्यटक नेपाल आएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : १४ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत