चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन | Khabarhub Khabarhub

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन जिल्लामा पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताए । उनका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ । प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उनले जानकारी दिए ।

उनले अभियानका लागि साउन २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने बताए । उनले भने, ‘अहिले पाँच हजार डोज खोप आउने अनुमान गरेका छौँ ।’ प्रदेश सरकारले अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनको भनाइ छ । सातै पालिकामा पालिएका गाईभैँसीमा यो खोप लगाइने छ ।

डा. आचार्यले रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरुलाई खोप नलगाइने बताए । उनले भने, ‘स्वस्थ पशुलाई खोप लगाइन्छ ।’ जिल्लाका पालिकाहरुको सक्रियतामा खोप लगाइँदै आइएको छ । यसलाई सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लामा हालसम्म १८ हजार पाँच सय ९० पशुमा लम्पी स्किन विरुद्धको खोप लगाई सकिएको छ । भरतपुर महानगरपालिकामा तीन हजार सात सय ९०, खैरहनी नगरपालिकामा तीन सय, राप्ती नगरपालिकामा ६ हजार, रत्ननगरमा आठ हजार पाँच सय पशुमा खोप लगाइएको उनले जानकारी दिए ।

डा. अधिकारीका अनुसार जिल्लामा हालसम्म ११ हजार एक सय ८५ गाईभैँसीमा यो रोग देखिएको छ । कार्यालयको तथ्याङ्कअनुसार हालसम्म दुई सय ८७ गाई रोगका कारण मरिसकेका छन् ।

गर्मी याममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिए । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओँठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्दछन् ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ०३ बजे

हवाई यात्रुलाई तर्साइरहेको अमेरिकी बोइङ ७८७ ड्रिमलाइनर !

एजेन्सी – भारतको अहमदाबादमा गएको जेठ २९ गते एयर इन्डियाको

बजेटमा पार्टीकै नेताहरूले आक्रोश पोखेको भन्दै नेता शमशेरको आपत्ति

काठमाडौं– नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले बजेटको विषयमा पार्टीकै

राजावादी आन्दोलनबारे गृहमन्त्रीको ब्रिफिङ- निष्तेज भइसक्यो, अब उठ्न सक्दैन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादीहरूको

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो, ४२ जनाको मृत्यु

ढाका– बङ्गलादेशमा जुन महिनामा डेङ्गुका मामिला उल्लेखनीय रूपमा बढ्दा यस

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने