साउदीमा एक नेपालीको उद्धार « Khabarhub

साउदीमा एक नेपालीको उद्धार


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी अरबमा मालिकले कोठामा थुनेर राखेका एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । विगत ७ वर्ष अघि साउदी अरब पुगेका नवलपरासीका ओमबहादुर थापालाई उद्धार गरी नेपाल पठाइएको हो ।

रियादस्थित नेपाली दूतावासका अलकासिम प्रतिनिधी, एनआरएनए आईसीसी सदस्य विशालकुमार श्रेष्ट तथा एनआरएनए आरसीसी अलकासिम अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा थापालाई नेपाल फर्काइएको हो ।

उनी सन् २०१६ मा रोजगारीका लागि काठमाडौँको कुपन्डोलमा रहेको अल जाफिर इन्टरनेशनल प्रालि मार्फत साउदी अरबको एक कृषि फार्ममा काम गर्न पुगेका थिए । उनी कम्पनी मालिकले ‘अकमा’ नबनाई दिएपछि गैरकानुनी रुपमा त्यहाँ बस्दै आएका थिए ।

अकमा नबनाई दिएको तथा मालिकले गैरकानुनी रुपमा काम लगाई स्वदेश फर्किन पनि नदिएको अवस्थामा दूतावासका प्रतिनिधि श्रेष्ठको सम्पर्कमा पुगेपछि त्यहाँको अनौजा सहरको श्रमिक अदालतबाट बहिर्गमन प्राप्त गरी नेपाल जाने बाटो खुलेको थियो ।

तर, बहिर्गमन भिसा प्राप्त गरेको सूचना कम्पनी मालिकले थाहा पाएपछि केही दिन कम्पनीमै थुनेर राखेका थिए। उनीलाई कम्पनीबाट भगाएर दुई दिन बुरैदाको एक होटलमा सुरक्षित राखी सोमबार नेपाल पठाइएको एनआरएनए आरसीसी अलकासिमका सहसचिव सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।

 

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ०३ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय