सोह्रौँ योजनाबाट अर्थतन्त्रमा गुणात्मक रूपान्तरण आउनुपर्छ : प्रधानमन्त्री  | Khabarhub Khabarhub

सोह्रौँ योजनाबाट अर्थतन्त्रमा गुणात्मक रूपान्तरण आउनुपर्छ : प्रधानमन्त्री 


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताएका छन्  ।

सोह्रौँ योजनाको अवधारणा तर्जुमा गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित राष्ट्रिय योजना आयोगको बैठकलाई दिशानिर्देश गर्दै उनले अहिलेसम्मका योजनाहरूले देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा के-कस्तो भूमिका खेलेका छन् भन्ने विषयको गहिरो समीक्षा आवश्यक छ भने। 

उनले नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रिया परम्परागत र सीमित व्यक्तिको विवेकमा आधारित भएको बताउँदै यसमा व्यापक रूपान्तरण जरूरी रहेकामा जोड दिए। प्रधानमन्त्रीले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणको हाम्रो संस्थागत, संरचनागत र कार्यशैलीगत रूपान्तरण जरूरी छ । नीति तथा कार्यक्रम र बजेट निर्माणको बीचमा एकदमै छोटो समय हुने, त्यसले गर्दा नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता नहुने समस्या हामीकहाँ छ, यसलाई बदल्नुपर्छ ।’

नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित भइसकेपछि त्यसमाथि व्यापक छलफल गरेपछि मात्रै बजेट निर्माणको काम थाल्नुपर्नेमा जोड दिँदै उनले हतार-हतारमा बजेट बनाउँदा नीति तथा कार्यक्रम एकाथरि बजेट अर्कोथरि बन्ने समस्याबाट ग्रसित हुनुपरेको बताए ।

‘नीति तथा कार्यक्रम र बजेट निर्माणको प्रक्रियामा पनि व्यापक रूपान्तरण आवश्यक छ । प्रस्तावको अल्पविराम र पूर्णविरामसमेत परिवर्तन नहुने भएपछि संसद्मा त्यति ठूलो छलफलको के अर्थ भन्ने प्रश्न पनि उठेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘नीति तथा कार्यक्रम र बजेट प्रस्ताव भइसकेपछि पनि त्यसमाथि छलफल गरेर संशोधन गर्न सकिने व्यवस्था आवश्यक छ । यसमा राज्य संयन्त्रको मात्र नभएर बाहिरका बुद्धिजीवी र जनप्रतिनिधिको ज्ञान र विवेक प्रयोग गर्नेगरी तयारी गर्नुस् ।’

उनले आवधिक योजना निर्माणको प्रक्रियामा समेत बाहिरको सुझाव लिने व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘राज्यले सबै प्रकारका नीति वा योजना प्रस्ताव गर्दा बाहिरको ज्ञान र विवेक उपयोग गर्नेतिर सोच्नुस् । सामूहिक विवेकको प्रयोग नगरी कुनै पनि प्रस्ताव सही र वैज्ञानिक बन्दैन ।’

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ०८ बजे

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर– कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित

बल्छीले घोषणा गरे फिल्म ‘गोबर गणेश’, नायिका वर्षा, नायक को ?

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्बेले फिल्म निर्देशनमा

स्पेनमा अल्पविकसित मुलुकहरूको बैठक : अध्यक्षता गरे प्रधानमन्त्री ओलीले

सेभिया (स्पेन)- विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको

लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

लमजुङ– हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

पर्सा- मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-३२ बस्ने १९ वर्षीय विध्यानन्द