महानगरद्वारा डेंगु नियन्त्रणका लागि अभियान सुरु « Khabarhub

महानगरद्वारा डेंगु नियन्त्रणका लागि अभियान सुरु


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले डेंगु नियन्त्रणका लागि अभियान सुरु गरेको छ।

अभियान अन्तर्गत पहिलो दिन बुधबार सर्वसाधारणलाई डेंगु रोगका विषयमा माइकिङमार्फत जानकारी दिने, पानी जमेको स्थानमा लार्भा नष्ट गर्ने, सरसफाइ गर्ने, सफा गरिएका स्थानमा चुना छर्किनेलगायतका काम भएको महानगरले जनाएको छ।

काठमाडौंको शान्तिनगर, ताहाचल, लैनचौर, जैसीदेवल, घट्टेकुलो, मैतीदेवी, नागपोखरी, सुनारगाउँ, कुलेश्वर, धोवीचौर, तननी, टङ्‍गाल, भेडासिंह, मच्छिन्द्रबहाल, भैरवस्थान, कालोपुल, कंकेश्वरी, इनाटोल, लाजिम्पाट, भृकुटीमण्डप, इटुम्बहाल, इन्द्रचोक लगायतका क्षेत्रमा अभियान सञ्चालन गरिएको  बताइएको छ।

अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरु पनि सहभागी रहेको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन महानगरले हटलाइन सेवा ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ।

महानगरका अनुसार अस्पताल जानु परे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। डेंगु रोगका बिरामीका लागि सिटामोल, जीवन जल लगायत आवश्यक औषधिहरू स्वास्थ्य प्रवर्द्धन केन्द्रमा उपलब्ध गराउने काम भइसकेको महानगरको भनाइ छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ०४ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट