अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ खुला | Khabarhub Khabarhub

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ खुला


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अप्पर लोहोरे खोला हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९५ अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।

यसैगरी, कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ३२ गतेसम्म सेयर भर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न पाइनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असोज ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज ३ गतेसम्म रहनेछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ११ : ४२ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि