रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु | Khabarhub Khabarhub

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

ब्राजिलिया रियो दि जेनेरियो शहर आसपास  प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले  जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो । 

ब्राजिलमा पछिल्ला दिनहरूमा  यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित  तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ । अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले प्रहरी शक्तिको दुरुपयोगको चिन्तालाई अस्वीकार गर्दै भनेका छन्- ‘अपराधीहरू साङ्लो जस्तै मर्नुपर्छ।’

उनले ब्राजिलमा ‘बुलेट लबी’ लाई दृढतापूर्वक समर्थन समेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १२ : ४१ बजे

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

खुद नाफामा नबिल अब्बल, वितरणयोग्यमा ग्लोबल आइएमई (सूचीसहित)

काठमाडौँ – सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौंं– डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  काठमाडौं

कैलालीको गोदावरीमा शीतभण्डार निर्माण

कैलाली– गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको

गणपूरक सङ्ख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठक गणपूरक सङ्ख्या अपुग भएपछि