सुदूरपश्चिममा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा | Khabarhub Khabarhub

सुदूरपश्चिममा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

टीकापुर– सुदूरपश्चिम प्रदेशमा एक वर्षमा एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष २०७९-०८० मा एक लाख १२ हजार ६५५ सवारीसाधन कारबाहीमा परेका हुन् । 

एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा पर्दा रु छ करोड ४३ लाख, ७० हजार राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । सबैभन्दा बढी मोटरसाइकल ४३ हजार छ सय ४६ वटा कारबाहीमा परेका छन् । मोटरसाइकलबाट रु दुई करोड ५३ लाख ३७ हजार ५०० राजस्व संकलन भएको छ ।

एक वर्षको अवधिमा २६ हजार तीन सय ३७ जिप कार, १५ हजार ९५ ट्रक, १३ हजार चार सय ६१ ट्रयाक्टर, पाँच हजार तीन सय ३७ बस र आठ हजार सात सय ७९ अन्य सवारीसाधन कारबाहीमा परेका छन् ।

सवारीसाधन कारबाहीको दर हेर्दा बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७८-७९ को तुलनामा गत आर्थिक वर्ष २०७९-८० मा १५ हजार पाँच सय ४८ सवारीसाधन बढी कारबाहीमा परेका देखिन्छन् । यसबाट रु एक करोड, एक लाख ७६ हजार राजस्व संकलन भएको छ । 

अघिल्लो आर्थिक वर्षमा २०७८-७९ मा ९७ हजार एक सय सात सवारीसाधन कारबाहीमा पर्दा रु पाँच करोड, ४१ लाख, ९४ हजार राजस्व संकलन भएको थियो । यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउँदा एक वर्षको अवधिमा तीन हजार छ सय ४६ जनालाई कारबाही भएको छ । उक्त कारबाहीबाट रु ३६ लाख ४७ हजार राजस्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा २०७८-७९ मा एक हजार छ सय ८६ जनालाई मादक पदार्थ सेवनको कारबाही हुँदा १६ लाख, ८६ हजार राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा दुई सय ५२ सवारी दुर्घटना भएका छन् । दुई सय ५२ सवारी दुर्घटना हुँदा एक सय ७७ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक सय ९७ जना गम्भीर घाइते भएका छन् भने दुई सय ७६ जना सामान्य घाइते भएका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा पाँच सय एक सवारी दुर्घटना हुँदा एक सय ९६ जनाको मृत्यु भएको थियो भने तीन सय ९५ जना गम्भीर घाइते र छ सय छ जना सामान्य घाइते भएका थिए । ट्राफिक प्रहरीको सक्रियतामा ट्राफिक नियमविपरीत हिँड्ने सवारीसाधनलाई भएको कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा केही कमी आएको पाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सवारीसाधन कारबाही पर्नेक्रम बढ्दै जानुलाई नागरिकको लापरबाही बढ्दै गएको बुझिने सरोकारवाला बताउँछन् । टीकापुरका लक्ष्मी जैसी सवारीसाधन कारबाहीमा पर्नु भनेको ट्राफिक नियम पालना गर्दैनन् भन्ने बुझाइ हो भने। ‘प्रहरीले सचेतना अभियान चलाइरहेको छ । नागरिकले पनि सवारी चलाउने भएपछि नियम जानेको हुनुपर्छ’, उनले भने, ‘तर हरेक वर्ष दुर्घटना बढ्दै जानु राम्रो मानिँदैन । सवारी चलाउने हरेक मानिस सर्तक हुन आवश्यक छ ।’

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ३ : २२ बजे

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुर– कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ ।

युवाको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक रूपान्तरण गरौँ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूको सृजनात्मकता जोश र चेतनालाई व्यवहारिक

किसानलाई ३६ करोड ३९ लाखको रासायनिक मल बिक्री

महेन्द्रनगर– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम शाखाले चालु आर्थिक वर्ष

भत्किएको पुल पुनःनिर्माण नहुँदा धरान हरियालीका स्थानीय समस्यामा

धरान– धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको

विपद्जन्य सूचना प्रवाह प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री सिंह र सञ्चारमन्त्रीबीच छलफल

काठमाडौं– विपदजन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री