दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु | Khabarhub Khabarhub

दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समुहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो  । दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा  उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली  प्रहार गरेको प्रहरीले जनाएको छ । 

जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका सदस्यहरू रहेको बुझिएको छ ।  गोली हानाहानमा कैयौँ व्यक्ति घाइते भएका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । थप अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ६ : ०१ बजे

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को