लमजुङबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउ « Khabarhub

लमजुङबाट साँढे चार लाख सहित २२ जुवाडे पक्राउ


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरी २२ जनालाई पक्राउ गरेको छ । बेसीसहरबाट खटिएको प्रहरी अप्रेसन टोलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लो पामचोक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट करिब साँढे ४ लाख रूपियाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले जनाएको छ।

 घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी)प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको र मुचुल्का उठाउने कार्य भइरहेकाे बताए ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ११ बजे

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना