मेक्सिकोमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु « Khabarhub

मेक्सिकोमा भएको बस दुर्घटनामा १७ जनाको मृत्यु


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ । सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका छन भने अन्य २२ जना घाइते भएका छन् । यद्यपी उनीहरुको अवस्था स्थिर रहेको बताइएको छ ।

नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर गहिरो रहेको थियो। मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए।

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो।

अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । गत फेब्रुअरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ८ : ३० बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल